दाङ। दाङमा साताव्यापी घरबास व्यवस्थापन तालिम सुरु भएको छ।
पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा (नाथम)को प्राविधिक सहयोगमा दाङ जिल्लास्थित घोराही १६ स्थित कविला रिर्सोटमा एक हप्ते घरबास व्यवस्थापन तालिम सुरु भएको हो।
बिहीबारबाट सुरुभएको तालिममा तालीममा दाङ, प्युठान, रोल्पा, पुर्बी रुकुमका होमस्टे संचालकहरुको सहभागीता रहेको छ।
तालिममा सहभागीहरु प्रशिक्षार्थिहरु उत्साहित भएको थारु कल्याणकारी मञ्चका असोक चौधरीले बताए। तालिमले व्यवसायीहरुलाई आफ्नो व्यवसाय सञ्चालनमा थप सहयो पुग्ने होमस्टे महासंघ लुम्बिनी प्रदेश पर्यटन प्रबर्द्धन मन्च, उपाध्यक्ष पृथ्वी पुनले जानकारी दिए। तालिमलाई लुम्बिनी प्रदेश पर्यटन परिषद मन्त्रालयले सघाएको छ भने नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ।
पर्यटन परिषदका कार्यकारी निर्देशक बालकृष्ण गैरेले बिहीबार तालिमको उद्घाटन गरेका थिए। सो अवसरमा उनले होमस्टेलाई पर्यटनसँग जोडेर परिषद्ले योजना अगाडि बढाएको भनाई राखे। तालिमका माध्यमबाट सहभागीले अतिथी सत्कार सम्बन्धी सीप सिक्ने बताए।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पृथ्वी पुनले आफ्नो संस्थाले हरेक ठाउँ पर्यटकीय गाउँ भन्ने नाराका साथ विभिन्न पर्यटन मेला, गोष्ठी, छलफल जस्ता कार्यक्रम आयोजना गर्दै आएको स्मरण गराए। सर सफाई, हाउस किपिङ, सामाजिक संजाल र बजारिकरणका तालिम दिने सुनाए।
थारु कल्याणकारीका अध्यक्ष असोक चौधरीले पर्यटन र होमस्टेका लागि बजारिकरणको ठूलो महत्व हुने भनाई राखे। तालिमका संयोजक अजयराज भोगटीले गाउँको कला, संस्कृती र रहनसहनको प्रबर्द्धन र बजारिकरणमा नाथमले सघाउँदै आएको बताए। पर्यटनका माध्यमबाट आर्थिक समृद्धी संभव भएको भन्दै उनले सहभागीको क्षमता र आयस्तर बढाउन सघाउने उद्देश्य कार्यक्रमले लिएको जानकारी दिए।