ललितपुर। ‘महालक्ष्मी महोत्सव’का अबसरमा आइतबार र सोमबार ललितपुरको सानागाउँ (सिद्धिपुर)मा विभिन्न कार्यक्रम गरियो। गाउँका हरेक गल्ली र टोलमा केही न केही कार्यक्रम भएको थियो।
कतै हस्तकला प्रदर्शन गरिएको थियो भने कतै रोपाईं गरियो। कतै परम्परागत भाँडावर्तनको पस्किएको थियो भने कतै तस्बिर प्रदर्शनी। त्यस्तै कतै लाखे नाच भैरहेको थियो भने कतै बाद्यबादन। साथै नेवाः परिकारका स्टलहरू पनि राखिएको थियो।
कार्यक्रममा परम्परागत नाचगान, कृषिकर्म, हस्तकला निमार्ण आदि प्रदर्शन गरियो। यसरी धुमधामसँग महोत्सव मनाइयो।
स्थानीय महालक्ष्मी नगरपालिकाले नगरको प्रकृति, कला, संस्कृति र जीवनशैली उजागर गर्न महोत्सव फागुन ५ गतेदेखि ७ गतेसम्म महोत्सव आयोजना गरेको हो।
महालक्ष्मी नगरको समृद्धिको आधार: शिक्षा, संस्कृति, उद्योग, पर्यटन र व्यापार भन्ने नाराका साथ महोत्सव गरिएको। महोत्सवका अबसरमा लुभु, लाँकुरी भन्ज्याङ, सिद्धिपुरलगायत विभिन्न ठाउँमा कार्यक्रम गरिएको थियो।
हेर्नुहोस् सोमबार सिद्धिपुरमा खिचिएका केही तस्बिरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)