पोखरा। गाउँ पर्यटन प्रवर्धन मञ्च, गण्डकी (भिटोफ–गण्डकी) ले आफ्ना सदस्यहरुलाई अभिमुखिकरण तथा नेतृत्व प्रशिक्षण प्रदान गराएको छ। भिटोफ–गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा पोखराको लेकसाईडस्थित बूमर्याङ रेस्टुरेन्टमा सोमबार करिव २५ जना सदस्यहरुको उपस्थितीमा उक्त तालिम प्रदान गरिएको हो।
प्रिशिक्षण कार्यक्रममा प्रध्यापक दिपेन्द्र पहारीले प्रेरक (मोटिभेशनल) तालिम, वरिष्ठ पर्यटनकर्मी टिकाराम सापकोटाले पब्लिक स्पिकिङ र पर्यटनकर्मी तथा गाउँ पर्यटन विज्ञ तारानाथ पहारीले गाउँ पर्यटन विषयमा तालिम प्रदान गरेका थिए।
अध्यक्ष सोभा सापकोटाले कोभिड पछि सुस्ताएको गाउँ पर्यटनलाई पुनःजागरण गराउन सदस्यहरुलाई अभिमुखिकरण तथा नेतृत्व प्रशिक्षण तालिम प्रदान गरिएको बताईन। ‘तालिमले हाम्रा सदस्यहरुलाई गाउँ पर्यटन सम्बन्धि बिभिन्न विषयमा ज्ञान प्रदान गर्नुका साथै गाउँ पर्यटनबारे थप चिन्तन र आगमी दिनमा ग्रामिण पर्यटनलाई सशक्त ढंगले अगाडी बढाउन मद्दत पुर्याउनेछ।’
२०७१ मा भिटोफ–गण्डकीको स्थापना भएसँग यो क्षेत्रका प्रदेशका विभिन्न दर्जनौ गाउँमा पर्यटन व्यवासायी, पत्राकार र विज्ञहरुलाई अन्वेषण, परिचायत्मक भ्रमण, तथा प्रचार प्रसारमा महत्वपुर्ण योगदान गरेको छ। संस्थाले २०७३ मा पोखरामा होमस्टे मार्ट लगायत विभिन्न होमस्टेका सञ्चालक तथा सदस्यलाइ गोष्ठि, तालिम, व्वयस्थापन तालिम प्रदान गरेपछि पर्यटन क्षेत्र र आन्तरिक तथा वाह्य पर्यटकहरुको घुईचो लागेको थियो।
भिटोफ–गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषदका द्वितिय अध्यक्ष तथा संस्थापक अध्यक्ष तारानाथ पहारीका अनुसार विगतमा होमस्टे शब्दले समग्र गाउँ पर्यटनको अवधारणा खुम्चिन पुगेको बताउँदै अवको आवस्यक्ता वृहत गाउँ पर्यटनबारे वहस, छलफल, विकास र प्रवर्दन गर्न जरुरी रहेको धारणा राखेका छन।
‘मानिसहरु सुविधाको खोजीमा वसाई सराईका कारण गाउँहरु रित्तिन पुगे। ’वृहत गाउँ पर्यटन विकास तथा प्रवर्धन गरि ग्रामिण पर्यटनको माध्यमद्वारा रितिएको गाउँ घर व्युताउन जरुरी छ।’ उनले भने।
होमस्टे भनेको ग्रामिण क्षेत्रमा आगन्तुकहरुले गाउँघरमा स्थानीय परिवारहरूसँग नेपालको रीति–रिवाज, जीवनशैली र संस्कृतिको प्रत्यक्ष अनुभव गर्दै बास बस्न सकिन्छ। आगन्तुकहरूलाई स्थानीय जीवन शैलीमा डुब्ने मौका प्रदान गर्दै परिवारिक वातावरणमा घुलमिल हुदै दैनिक गतिविधिहरूमा सहभागिता हुदै परिवारसँग अन्तरक्रिया गर्न सकिन्छ। होमस्टेमा अतिथिहरूलाई सांस्कृतिक आदानप्रदान र स्थानीय समुदायसँग सम्बन्ध निर्माण गर्दै नेपाली परम्परा, भाषा र स्थानिय खानपिन र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ।