काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फागुन ७ गते (आज) ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना हुँदैछ।
यस वर्ष कागेश्वरीधाममा हुने १०औँ महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गरी रचनात्मक कार्यक्रम गर्न लागेको आयोजक नगरपालिकाले जनाएको छ।
नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवम् प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम हुनेछ।
कागेश्वरी मनोहरा नगरपालिकाले २०७२ सालदेखि नियमितरुपमा महोत्सव आयोजना गर्दै आएइको छ।