काठमाडौं। नेपालमा हाइकिङ जागरण गराउने अग्रणी संस्था ललितपुरको ‘प्रकृतिप्रेमी समूह’ले ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ मा रहेको पावन भूमि ‘तपेश्वर महादेव’ क्षेत्रमा हाइकिङ गराउने भएको छ। उसले आउँदो शनिबार (माघ २७ गते) यस क्षेत्रमा हाइकिङ गराउन लागेको हो।
तपेश्वर।
समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जनकाअनुसार पदयात्रीलाई गोदावरीको नौधाराबाट मार्बलडाँडा, शान्तिवन हुँदै तपेश्वर महादेव मन्दिरमा पुर्याइनेछ। तपेश्वर अवलोकनपछि बडिखेल बसपार्कसम्म हिँडाइनेछ। यसरी करिब १३ किलोमिटर पदयात्रा हुनेछ।
तपेश्वर महादेव क्षेत्रको निलो आकाश।
‘यो पदयात्रामा प्रकृति र अध्यात्मको सुबास पाइन्छ’, उनले भनिन्, ‘टलक्क टल्केका हिमाल हेर्दै, चराको चिरबिर सुन्दै पदयात्रा गर्न पाइनेछ। त्यसैले यो सुन्दर पदमार्गमा पर्दछ।’
स्मरणरहोस्, चट्टानको ककारोमा तपेश्वर महादेव बसेका छन्। स्थानीय समितिले आवश्यक रेलिङ र पदमार्ग बनाएको छ।
मार्बल डाँडामा हाइकिङविज्ञ रामदेवी महर्जन, योग गुरु आशाराम महर्जन र तेजराम महर्जन।
समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यबद्र्धक हाइकिङ गराउँदै आएको छ। उसको हाइकिङमा जंकफुड, फास्टफुड र मदिरा निषेध हुन्छ। समूहको स्वास्थ्यबद्र्धक हाइकिङमा भाग लिन बेलैमा सम्पर्क गर्नुपर्ने जनाईको छ।
सम्पर्क
प्रकृतिप्रेमी समूह
निरोगधाम, सातदोबाटो, ललितपुर
फोनः ०१–५५४१९९१
शान्ति वन।
मार्बलडाँडाबाट देखिएको हिमाल ।