काठमाण्डौ। अर्थ बाउन्ड एक्स्पेडिशन ट्रकिङ कम्पनीको २५ औ वर्षको अवसरमा इन्डिया बोर्डरदेखि चाइना बोर्डरसम्मको (थ्रु हाइक) नयाँ पदमार्गको खोज तथा अन्वेषण कार्य गरेको छ।
अमेरिका र युरोपतिर ‘थ्रु हाइक’ मार्फत देश अवलोकन गर्ने लोकप्रिय माध्यम रहेको छ। नेपाल जस्तै विभिन्न देशहरूमा अन्वेषण तथा अवलोकन गर्ने उत्तम माध्यम भनेको पैदल यात्रा हो। नेपालमा धेरै ट्रेकिङ रुट मध्ये पूर्वदेखि पश्चिमसम्मको उच्च भुभाग र भञ्ज्याङ नाका (हाई पास) हुदै हिमालय क्षेत्रमा ट्रेक गर्ने एक मात्र रुट ग्रेट हिमालयन ट्रेल्स हो।
डिसेम्बरदेखि फेब्रुअरीसम्म (अफ सिजन) मा गर्न सकिने दक्षिणदेखि उत्तरसम्म समेट्ने कुनै अन्य पदमार्ग छैन। 'ऐतिहासिक, सांस्कृतिक र तीर्थयात्रा मार्गलाई उत्कृष्ट दृश्यहरूको साथ जोडिने र अनुभव गर्न सकिने हामी सधैं अन्वेषण गर्न चाहन्थ्यौं', पर्यटनकर्मी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालिका अध्यक्ष राजन सिंखडाले भने।
योगा ट्रेक होस, वा आध्यात्मिक स्वास्थ्य पर्यटन, नयाँ पदमार्ग खोज्ने क्रममा अर्थ बाउन्ड एक्स्पेडिशन नयाँ प्रडक्टको आरम्भको लागि नेपालको पर्यटन क्षेत्रमा परिचित छ। उनि भन्छन , अफ सिजन टुरिजम (डिसेम्बरदेखि फेब्रुअरी) को पर्यटन प्रवर्द्धन गर्न र ऐतिहासिक, आध्यात्मिक र तीर्थयात्रा मार्गहरू एकमुष्ट जोड्ने प्रयाससँगै आर्थिक लाभहरू उठाउन हामीले विश्वमा दक्षिणदेखि उत्तरसम्म नेपालमा पहिलो 'बोर्डर टु बोर्डर थ्रु हाइक' को परिचय र अन्वेषण गरेका छौं।
नेपाल सीमादेखि भारत-तिब्बत (चीन) जोड्ने नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक कसरी जन्मियो र उत्तरी क्यालिफोर्नियाका अमेरिकी हाईकर माइकनले विगत केही वर्षहरूमा १२,००० किलोमिटर हाइकिङ मार्फत संयुक्त राज्य अमेरिकामा आफ्नो छिमेकी देश मेक्सिको र क्यानाडा छोएको जस्तै योजना बनाउन पर्यटनकर्मी राज सिंखडा उत्प्रेरित भएको बताउछन।
नेपालको ग्रेट हिमालयन ट्रेलले पूर्व(पश्चिम सम्मको कठिन चुनौतीहरूको यात्राले उच्च भुभाग र समयको ठूलो प्रतिबद्धता र स्रोतहरू प्राप्त गर्न लगभग सबै पदयात्रीहरूको लागि गार्हो हुन्छ। दक्षिणबाट उत्तरको यात्रा गर्दा नेपालको विविधताबारे थाहा पाएर, भारतको सिमाना छुनलाई हिमालय तर्फ घुम्न निकै औचित्यपूर्ण र रोमाञ्चक हुने महसुस उनले गरे। १५(२५ दिनमा हाम्रो अर्को छिमेकी देश चीनको सिमानामा पुग्न सक्छौ भन्ने उनले निर्क्यौल गरे। यसले नेपालको भूगोल, इतिहास, संस्कृति र अध्यात्मका सबै तहहरू पार गर्दछ।
त्यसैले हाम्रो विशाल हिमाल(पहाडहरूसँग समिपमा ट्रेकको प्रत्येक दिन झन नजिक र बिसाल हिमाल अवलोकन गर्दै पार गर्न सक्नेछौ। डिसेम्बरदेखि फेब्रुअरीसम्म नेपालमा अफ(सिजन मानिन्छ र सबैभन्दा बढी पर्यटकको आवश्यक्ता पर्छ , यो बेला थ्रु हाइक राम्रो प्रडक्ट हुन सक्ने पर्यटनकर्मी राजनलाई महसुस भयो।
दुई वर्षको लामो ट्रेक म्यापिङ पछि र माइकको प्रोत्साहनले, तानसेन, बन्दीपुर, गोरखा र रुबी भ्याली जस्ता नेपालका बहुमूल्य गन्तव्यहरूमा बाटोमा बिसौनीहरू समावेश हुने उत्तम मार्ग उनिहरुले पत्ता लगाए। पहिलो प्रयासमा पर्यटनकर्मी राजन आफैं माइक ओबेस्टर हिडे। अर्थबाउन्डका अन्य दुई समर्पित टोली सदस्यहरू, काजी शेर्पासँग र चेतन राईले उनिहरुको यात्रामा साथ दिए। जनवरी ४ मा भारतको सिमाना हुदै लुम्बिनीको लागि उडान गरेर इन्डियाको बोर्डरबाट र जनवरी २२ को बिहान ४४० किलोमिटर १७ दिनमा पार गरेपछि तिब्बत, चीनको सीमामा पुगे।
थ्रु हाइक रुट अन्तर्गत पदयात्रीले हिडेका स्थानहरू यस प्रकार छ :
भारत-नेपाल सीमावर्ती सहर खुनुवा-तौलिहवा-कपिलवस्तु, कुदान, जगदीशपुर ताल, बुटवल, मस्याम हटिया, तानसेन, आर्यभञ्ज्याङ-केलाडी घाट-घिरिङ-राइजिङ-दमौली-बन्दीपुर-गोरखा-बोर्लाङ, तारी बेंसी-कटुञ्जे, मेघाङ-साल्मे -गोंगा - सिंगला पास, पङ्साङ पास, सोमदाङ–चिलिमे– केरुङ नजिकै रसुवागढीको नेपाल–चीन नाका। यसले कुल ९ जिल्ला– ३ प्रदेश (९लुम्बिनी – गण्डकी र वाग्मती) समेट्छ। कुल यात्रा समय हामी १७ दिन, ४४० किमि दुरीको यात्रा १७ दिन कुल (६३४६३५ पाइला , १३९ घण्टा )
ट्रेकको विशेषता:
यो पदयात्रा कुनै अन्य पदयात्रासंग प्रतिस्पर्धा गर्न को लागी होइन बरु केहि नौलो अनुभव प्रदान गर्नको लागी हो। नेपालको विविध प्रकृति, संस्कृति र साहसिक कार्य, इतिहास र तीर्थयात्राको महत्व पहिलो हो पटक या दोहोर्याउने आगन्तुकको लागि उपयुक्त हुनेछ।
कुनै पनि देश हेर्नको लागि उत्तम तरिका भनेको हिंड्नु हो। यस नयाँ मार्गको खोजी भइसकेकोले पदयात्रीलाई अब अर्थबाउन्ड एक्सपेडिसनको आशा छ देशले पर्यटकको आगमनसँगै आर्थिक लाभ उठाउन सकिन्छ। पदयात्रीले लगभग २० देखि २५ दिनमा यो ट्रेक गर्न सक्छन, जुन तिनिहरुको हिडाईको गतिमा निर्भर पर्ने पर्यटनकर्मी राजनको भनाई छ। तिनीहरूले एक पटकमा पुरा यात्रा गर्न सक्छन या विच विचमा रोकेर वा आंसिक रुपमा पनि गर्न सकिने उनले बताए।