सुनसरी। धरानको व्यवसाय प्रर्वद्धन गर्ने उद्धेश्यले धरानमा ‘धरान एक्स्पो २०८०’ले आयोजना हुने भएको छ। यहीँ फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० आयोजना हुने भएको उद्योग वाणिज्य संघ सुनसरीले जनाएको हो।
धरान १६ स्थित प्रदेशिक रंंगशालामा फागुन ११ देखि २३ गते सञ्चालन हुने एक्स्पोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्रर्वद्धन गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए।
यसका अलावा एक्स्पोमा व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको महिमा जस्ता विषयमा समेत एक्स्पो केन्द्रित हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एकस्पोका माध्यमबाट धरान र धरान आसपास रहेका धार्मिक, पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष श्रेष्ठले बताए। उनले भने ‘विगतदेखि नै साहसिक खेलकुदको प्रवद्र्धनमा भूमिका खेल्दै आएको प्याग्लाइडिङ, र्याफ्टिङ, जिपलाइन, स्काई साइकिलिङ, ह्याडिङ ब्रिजलगायतकाो विभिन्न टुर प्याकेजको व्यवस्था गरी पर्यटक बढी भन्दा बढी भित्र्याउने लक्ष्य राखिएको छ।’
एक्स्पोले कृषि क्षेत्रलाई समेत प्राथमिकता राख्ने जनाइएको छ । विगतको भन्दा अझ धेरै अवलोककर्ता र उपभोक्ताको संख्यामा बद्धि गर्ने लक्ष्यसहित औद्योगीक प्रदर्शनी र समन्वयमा जोड दिँदै प्रर्दशनीमा राखिएका बस्तुको बढी भन्दा बढी खरिद विक्री गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
एक्स्पोमा राष्ट्रिय स्तरको कलाकारद्वारा मनोरञ्जन समेत दिइने भएको छ ।यसका लागि संघले दिउँसो १० देखि ४ बजेसम्म प्रवेशमा कुनै शुल्क नलिए पनि बेलुका ५ देखि १० बजेसम्म भने १ सय देखि २ सय रुपैया शुल्क लिने जनाएको छ ।
एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहने अयोजकले जनाएको छ।