काठमाडौं। काठमाडौंको बबरमहलस्थिन नेपाल आर्ट काउन्सिलमा ‘सिर्जना कलेज अफ फाइन आर्टस्’का विद्यार्थीहरूको कला प्रदर्शनी चलिरहेको छ। ‘बी.एफ.ए.सो २०२३’ शीर्षकमा ३३ जना कलाकारका चित्र, मूर्ति, इन्स्टलेसन आर्ट, तस्बिर र ग्राफिक कला प्रदर्शनीमा राखिएको हो।
प्रदर्शनीमा अग्रिम राई, अजेश चित्रकार, अन्जना नेपाली, अञ्जना श्रेष्ठ, छिरिङ ग्याल्पो गुरुङ, खुश्बु नेम्फुकी, रोहित महर्जन, रोजनी थापा मगर, रोशन बाडे, सिजल मानन्धर, सिर्जन महर्जन, सुशिल गुरुङ र सुयोग महर्जनका चित्रहरू राखिएका छन्।
त्यसैगरी अनिसकुमार श्रेष्ठ, दिपिका मौनी, दिपिसा शाक्य, गौरब बास्कोटा, जयसरा मिर्छिरिङ मगर, निक्कि सार्की, निश्चल रसाइली, ओमन श्रेष्ठ, सनिश कुमार शाक्य, श्रीश श्रेष्ठ, सोनाम लामा, सुदिमकुमार महर्जन र सुमन गुरुङका ‘ग्राफिक कम्युनिकेशन’ झल्काउने कलाकृति प्रदर्शन गरिएका छन्। साथै नोर्बु लामा, पारस श्रेष्ठ र रमा थापा क्षेत्रीका मूर्तिहरू राखिएका छन्।
कलाकर्ममा लागेका विद्यार्थीलाई प्रोत्साहन गर्न कलेजले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीका कलाकृतिमा वर्तमान समयको चित्रण गरिएको छ। पुस २४ गते शुभारम्भ भएको प्रदर्शनी पुस २९ गतेसम्म चल्नेछ। प्रदर्शनी निःशुल्क अवलोकन गर्न पाइन्छ।
थप तस्बिरहरु: