दोलखा। स्वर्गीय हेमन्त कुमार प्रधानको २२ औं स्मृती दिवसको अवसरमा दोलखा जिल्लाको जिरी नगरपालिकामा आयोजना हुने खुल्ला पुरुष भलिबल प्रतियोगिता बिहीबार (भोली) उद्घाटन हुने भएको छ।
नेपाली काँग्रेस दोलखा क्षेत्र नं. १ प्रदेश सभा (क) को आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पुष २६ गतेदेखी २९ गतेसम्म सञ्चालन हुन लागेको खुल्ला पुरुष भलिबल प्रतियोगिता भोली उद्घाटन हुने भएको हो।
आयोजक नेपाली काँग्रेस दोलखा क्षेत्र नं. १ प्रदेश सभा (क) उपसभापति दोर्जे शेर्पाका अुनासर ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता भोली नेपाली काँग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले उद्घाटन गर्ने तय भएको हो।
त्यस्तै प्रतियोगितामा समापन बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ)को उपस्थितिमा समापन हुने भएको छ। उपसभापति शेर्पाका अनुसार प्रतियोगिताको अन्तिम दिन विभिन्न राष्ट्रिय तथा स्थानीयस्तरका कालकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहने छ।
आयोजक नेपाली काँग्रेस क्षेत्र नं. १ कमिटीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वीतीय, तृतीय र सान्त्वनाहुने समूहलाई क्रमश नगद रु १ लाख, ५० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगितामा सहभागीहुन पुष २६ गते विहान ८ बजेसम्म नाम दर्ता गराउन सकिने छ भने प्रतियोगिता जिरी नगरपालिका ५ स्थित लिंकन बजारमा आयोजना हुने छ।