पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारी निर्वाचित भएकी छिन्। भिटोफको चौंथो अधिवेशबाट नयाँ कार्यसमिति चयन भएका हो।
समितिको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री र सदस्यहरुमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा निर्वाचित भएका छन्।
निर्वाचनका लागि भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीको संयोजकत्वमा पर्यटनकर्मीहरु गोपाल थापा र रवीन्द्रराज पौडेल रहेको समिति बनाइएको थियो।
कास्कीको अर्मलाकोट सामुदायिक होमस्टेमा भिटोफले आफ्नो अधिवेशन गरेकोहो। कार्यक्रममा गण्डकी प्रदेश सभासद् प्रकाश बराल, भिटोफ केन्द्रका अध्यक्ष गोपाल थापा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदीलगायतले गाउँ पर्यटनको विषयमा बोलेका थिए।
स्मरण रहोस् भिटोफ पर्यटनकर्मीहरुको संस्था हो। यसले गाउँ पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको छ। संस्थाले पहिलो पटक महिला नेतृत्व पाएको छ। अब भिटोफ गण्डकीले गति लिने आशा गरिएको छ।
पत्रकार रानाभाट पुरस्कृत
कार्यक्रममा भिटोफले पोखराको समाधान दैनिकमा कार्यरत पत्रकार सञ्जय रानाभाटलाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार पत्रकार प्रदान गरेको छ। गाउँ पर्यटनका विषयमा निरन्तर कलम चलाउँदै आएकाले उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरिएको हो।