काठमाडौं। प्राकृतिक स्वास्थ्यका पक्षमा पैरवी गर्दै आएको नेपालको अग्रणी संस्था ‘प्रकृतिप्रेमी समूह’ले आफ्ना सदस्यहरुलाई मनास्लु परिक्रमा पदमार्गमा पदयात्रा गराएको छ। संस्थाका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वमा मंसिर २ देखि १२ गतेसम्म ११ दिन पदयात्रा गराइएको हो।
शाकाहारी भोजनसहित मनास्लु पदयात्रामा निस्केका पदयात्रीले लार्के भञ्ज्याङमा उभिएर भने, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’

जीवनसाथी एवम् ‘प्रकृतिप्रेमी समूह’की उपाध्यक्ष यशोदा दाहालका साथमा समूहका संस्थापक डा. उमेश श्रेष्ठ,पृष्ठभूमिमा वीरेन्द्र ताल।
उनीहरु यात्राको ९ औं दिन गोरखा र मनाङको सीमामा अवस्थित लार्के भञ्ज्याङ (५, १०६ मिटर) पार गर्न सफल भए। भञ्ज्याङमा उभिएर उनीहरुले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’, ‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं’, ‘उचित आहार, विहार र विचार गरौं’लगायत नारा घन्काएका थिए।
ल्हो गाउँबाट बिहान देखिएको मनास्लु हिमाल।
गोरखाको माछाखोलाबाट पदयात्रा सुरु गरेर नामरुङ, स्याला, सामागाउँ, साम्दो, धर्मशाला, लार्के भञ्ज्याङ, लार्के फेदि, भिमथाङ, गो, हुँदै मनाङ जिल्लाको तिल्चे गाउँसम्म पदयात्रा गरिएको थियो। तिल्चेबाट गाडी चढेर बेसीसहर हुँदै मंगलबार काठमाडौं फर्के। यात्रामा विभिन्न पेशा र व्यवसायमा संलग्न सदस्य सहभागि थिए। संस्थाको यात्रामा मासु तथा मदिरा निषेध छ, त्यसैले पदयात्रीले शाकाहारी भोजन खाएर यात्रा गरेका थिए।
लार्केभञ्ज्याङ उकालिँदै गरेका पदयात्री।
‘हामीले स्वास्थ्य चेतना फैलाउन र स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पदयात्रा गरेका हौं’, टोली नेता डा. श्रेष्ठले भने, ‘हामीले सफलतापूर्वक पदयात्रा सम्पन्न गर्यौं।’ पदयात्रामा संस्थापक डा. श्रेष्ठ, संस्थाकी उपाध्यक्ष यशोदा दाहाल र सचिव रामदेवी महर्जनसहित होमराज तामाङ, अष्टमाया डंगोल, शेरबहादुर महर्जन, राजु व्यञ्जनकार, शर्मिला महर्जन, चन्द्रकला गौतम, शिशिर चित्रकार, मनबहादुर थापा, अमृत भादगाउँले, शर्मिला श्रेष्ठ प्रधान, आशाराम महर्जन, शिवदास श्रेष्ठ, उमेश राना मगर, अनन्तजिवि घिमिरे, उषा थापा, ज्ञानलाल महर्जन, रत्नबहादुर महर्जन, सुमन लुइँटेल, सबिना महर्जन, भुपेन्द्रसिंह रावल, सुदीप घिमिरे, चन्द्रलाल महर्जन, अर्जुनकुमार श्रेष्ठ, देवेन्द्र कार्की, पूर्ण सिं महर्जन, नरेशमान सिं तुलाधर, रमेश सुवेदी र विनोदकुमार तिमल्सिना थिए। यी मध्ये मनबहादुर थापा र विनोदकुमार तिमल्सिना ६६ वर्ष उमेरका थिए।

हिमाली पहिरनमा समूहकी सचिव एवम् हाइकिङविज्ञ रामदेवी महर्जन।
मनास्लु परिक्रमा पदयात्रा’मा ३१ पदयात्री सहभागी भएका थिए। उनीहरुले उचित आहार, विहार र विचारको अभ्यास गरी यात्रा गरेमा सफल भइने सन्देश दिएका छन्। स्मरणीय छ यो संस्थाले विगत १७ वर्षदेखि स्वस्थ आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हाइकिङ तथा टे«किङ कार्यक्रम चलाउँदै आएको छ। यसले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। साथै बेलाबेलामा मुलुकभित्र बहुदिने पदयात्रा पनि गराउँछ। साथै प्राकृतिक जीवनशैली अपनाउन सहयोग पुर्याउने उद्धेश्यले विभिन्न कार्यक्रम पनि गर्दै आएको छ।
जगत नजिकै झरना।
पदयात्राका थप तस्बिरहरु:
सन् २०२१ मा विना अक्सिजन मनास्लु आरोहण गर्ने सामागाउँका युवा मिङ्मार लामा।

























