काठमाडौं। नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कयाम गरेको हो।
आज सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा चार सय रूपैयाँ बढी हो।
अघिल्लो दिन अर्थात् आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
यसअघि गत कात्तिक ११ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो। एक महिनाको अवधिमा सुनको मूल्यले पुनः रेकर्ड तोडेको हो।
सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
चाँदीको यो मूल्य मूल्य पनि हालसम्मकै उच्च हो। आइतबार चाँदी प्रतितोला १ हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।