गोरखा। गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु पदमार्ग नेपालको प्रमुख ट्रेकिङ मध्यमा पर्दछ। यस वर्षको शरद ऋतुको आगमनसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्ने मनास्लु पदमार्गमा पर्यटकको घुँइचो लागेको छ।
दसैं अघिसम्म दैनिक सयजनाको हाराहारीमा पर्यटक मनास्लु भित्रिएको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्। पदमार्गले मनास्लु पर्वतको फेदीको यात्रा तय गर्दै लार्के पास (५१०० मि.) हुँदै मनाङमा गएर टुंगिन्छ। हिमाली जनजिवन, गाउँवस्ति , विभिन्न प्राकृतिक सौन्दर्य र हिमालको दृश्यको आनन्द लिंदै ८ देखि १२ दिनको पदयात्रा गर्न सकिन्छ। यस पदमार्गमा वुढिगण्डकी नदीको किनार पछ्याउदै चुम र नुब्रीको सुन्दर हिमाली गाउँवस्ती छिचोलेर पदयात्रामा रमाउन सकिन्छ। यस पदमार्गमा विभिन्न गाउँहरू, धार्मिक स्थलहरू, हिमालको दृश्यादि विशेषतः अनुभव गर्न सकिन्छ।
-ink.jpeg)
विश्वको आठौं ८ हजार मिटरका अग्ला मनास्लु हिमाल (८१६३ मि.) यस क्षेत्रमा पर्दछ। मनास्लु पर्वतक्षेत्र प्राकृतिक सौन्दर्य, वन्यजन्तु, र हिमालय ट्रेकिङ क्षेत्रको रूपमा प्रसिद्ध छ। मनास्लु पदमार्ग यात्रा गर्दा अनिवार्य गरेको केहि महत्त्वपूर्ण कुराहरू पनि छन्, जसमा विदेशी पर्यटकले मनास्लु क्षेत्रको विशेष पर्मिटको साथै मनास्लु संरक्षण क्षेत्रको सरकारबाट अनुमति प्राप्त गर्नुपर्ने छ।
पछिल्लो समय अन्य पदमार्गहरुमा गाडीको सडक पुगेर पदयात्राका दिनहरु छोटिदै गईरहेको बेला मनास्लु क्षेत्र अझै यातायात नपुगेकोले पनि पर्यटकहरुको रोजाईमा परेको छ। मनास्लु संरक्षण क्षेत्र परियोजनाका कार्यलय प्रमुख भुवन राज ओझाका अनुसार असोज महिनामा २२७६ पर्यटक मध्ये सार्क क्षेत्रबाट ६५ र अन्य तेस्रो मुलुकबाट २२११ जना पदयात्री भ्रमण गरेका थिए।
-ink.jpeg)
यस बर्ष १० महिना भित्र ६ हजार पर्यटक मनास्लु क्षेत्र पदयात्रा गरिसकेका छन। गत वर्ष २०२२ मा ६ हजार १०२ जना पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए। ‘अझै नोभेम्बर र दिसेम्बर २ महिना बाँकी रहेकोले वर्षको अन्त्यसम्म अघिल्लो वर्षको रेकर्ड टोड्ने सम्भावना रहेको छ,’ परियोजनाका प्रमुख ओझाले बताए। हालको आगमन संख्या दर हेर्दा कोभिड पछि पर्यटन लयमा फर्किएको महसुस भएको उनले बताए।
प्राचीन गाउँ र गुम्बा , हिमाली संस्कृति सहित अनगन्ति झरना, अग्ला पहाड र हिमाली दृश्ययले मनास्लु पदमार्गले विश्वभरका पर्यटकलाई लोभ्याएको छ र पदयात्रीलाई अनुभवका लागि एक उत्कृष्ट गन्तब्यको रुपमा चिनिएको छ।
-ink.jpeg)
मनास्लु संरक्षण क्षेत्रमा लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरुका साथै काल ताल र वीरेन्द्र तालहरु जस्ता विभिन्न ताल तलैयाहरु रहेका छन्। यहाँ विशिष्ट साँस्कृतिक, ऐतिहासिक र प्राचिन गुम्बाहरु साथै जडिबुटी र जैविक विविधताले भरिपूर्ण रहेको छ। बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भूपरिवेशले गर्दा यस क्षेत्र पर्यटक आकर्षणको केन्द्र बनेको छ।
कसरी पुग्नेः
काठमाण्डौंबाट सल्यानतार आरुघाट हुदै सोटीखोलासम्म गाडीमा जाने। हिउँदमा जगतसम्म गाडी पुग्छ। माछाखोला, जगत, एक्लेभट्टी, चिसापानी, ड्याङ, नाम्रुङ, ल्हो हुदै सामागाँउ। विदेशी पर्यटक सामागाँउमा २ देखि ३ दिनसम्म एक्लिमिटाईजको लागी बास वस्छ। त्यसपछि धर्मशाला हुदै लार्के पास (५१६०) पार गर्दै, मनाङको भिमथाङ, तिल्जे, हुदै धारापानी निस्किन्छ। धारापानीदेखि वेसिशहर हुदै काठमाण्डौं गाडीमा आउन सकिन्छ।
-ink.jpeg)
मनास्लु क्षेत्रको चुम उपत्यका जाने पर्यटक चिसापानि अगाडी न्याकफेदी पुग्न अगाडी बुढिगण्डकी खोला देब्रे च्यापेर चुम्लिङ, छेकाम्पार, मुगुम्बा पुगेर फर्केर नुब्री उपत्यका हुदै लार्के पास गर्छन। कति पर्यटकहरु मनाङको धारापानि हुदै मनाङ तिर तिलिचो ताल र थोरोङला पास हुदै मुक्तिनाथ (मुस्ताङ) तिर पदयात्रा गर्छन।
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)