काठमाण्डौं। हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने राजधानीको हाँडीगाउँमा जात्रा मनाईएको छ। स्थानियवासी र गुठीका युवाहरुले सत्यनारायणको भजन कीर्तन गर्दै नगर परिक्रमा गरिएको थियो।
जात्रालाई चोक्तेस् नारायण’ जात्रा पनि भनिन्छ। कोजाग्रत पूर्णिमा (कतिं पुन्ही) को भोलिपल्टदेखि तीन दिनसम्म मनाइने यस जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक छ। आईतवार उक्त जात्रा हाडीगाउँमा वडो हर्षोल्लासाथ मनाएर समापन गरिएको थियो।
हाँडीगाउँमा स्थानियवासीले रथ परिक्रमा गरेर ब्रह्मा, विष्णु र महेशको पूजा-आराधना गरी टोलटोलमा रथ घुमाएर मनाइने यो जात्रा रथको आकार र प्रयोग हुने सामग्रीका कारण पृथक मानिन्छ। स्थानिय बुढापाका अनुसार यो जात्रा विगतमा रातको समयमा मात्र मनाइने गरिएको बताए।
'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने चर्चित उखानका कारणले समेत चर्चामा रहेको यो हाँडीगाउँको जात्रामा घुमाइने रथमा देवता माथिल्लो भागमा राखिन्छ र युवाहरुले खट् पालैपालो फनफनी घुमाउछ र तिनवटा रथ अगाडी वढाउँछ।
मैनबाट बनेको फूलको प्रयोग र गजुरमाथि तथा मूर्ति तल राखिने भए पनि यसमा ठिक विपरीत हुने हुनाले यो जात्राको अलग्गै पहिचान रहेको एकजना स्थानीयवासी बताउछन।
मुलुकमै नभएको जात्रा कसरी सुरु भयो भन्ने पनि रोचक किम्बदन्ती छ। स्थानीयका अनुसार अनुसार परापुर्वकालमा दुई दिदी बहिनी मध्ये दिदीको धनी र बहिनीको गरिब परिवारमा विवाह भएछ। धनी दिदीले राम्रो र स्वस्थ सन्तान जन्माउछु भनी घमन्ड गरेछिन।उता गरिब बहिनीले भगवान् विष्णुप्रति आस्था राखिन र आफ्नो पनि राम्रो सन्तान जन्मने विश्वास लिईएकी थिईन।
बहिनीले ९ महिनामा स्वस्थ र सुन्दर सन्तानको जन्म दिइन् भने दिदीको गर्भमा रहेको सन्तान भने १२ वर्ष बित्दा पनि जन्मिएन। ज्योतिषकै सल्लाहमा दिदीले क्षमापूजा गरिन्।
अन्यत्र कतै नपाइने खट्मा राखेर जात्रा गर्ने, सुनको धागोले गाँसेको मैनको फूल र हिमालय पर्वतलाई ल्याएर जात्रा गर्ने प्रतिबद्धता उनले गरेपछि विष्णु खुसी भएछन्। यसरी १४ वर्षपछि जन्मिएको छोरालाई विष्णुको प्रतीकका रूपमा लिइयो र जात्रा मनाउन थालिएको भनाई छ।