सिन्धुलीगढी। सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा सोमबार असोज १५ गते सम्पदा यात्रा गरिएको छ। ढुंग्रेभन्ज्याङबाट सुरु भएर पौवा गढी ,सिन्धुलीगढी , टुडिखेल , रानी दरबार हुँदै ५ किलोमिटरको दुरी तय गरिएको सो सम्पदा यात्रा सिन्धुली गढीमा सदरमुकाम रहदा देखिको जानकार दिलिप थापाले नेतृव गरेका थिए।
विश्वमा साम्राज्य विस्तार गर्दै आएको अँग्रेज सेनाले छ दिनअघि आश्विन ९ गते सिन्धुलीमाडीमा कब्जा गरेको थियो। सिन्धुली माडी विजय गरेर गढीतिर उकालो लागेको किनलक नेतृत्वको अँग्रेज फौजलाई गोर्खाली फौजले पौवागढीमा प्रत्याक्रमण गरेको थियो। वंशु गुरुङ नेतृत्वको नेपाली फौजले अंग्रेजी फौजलाइ सिन्धुलीगढीबाट भगाएका थिए, कुल २४०० सेनासहित आएको सो फौजका १६०० सेनाको सोही आक्रमणमा मृत्यु भएको थियो। थापाले सम्पदा यात्रामा युद्ध भएका ठाउहरु र अँग्रेज सेना पुगेका ठाउ देखाउदै लगेका थिए। जुन ठाउमा अहिले बिपी राजमार्ग छ।
.jpg)
हाल राजमार्ग को छेउमा रहेको पौवागढी भन्दा माथि अंग्रेज सेना प्रवेश गर्न सकेका थिएनन।
पौवागढीमा पुरानो गेट थियो। सिन्धुली गढी महत्वपूर्ण नाका र केन्द्रका रुपमा लामो समय सम्म रहिरहेको थियो । बिक्रम संवत २०१९ सालसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय सिन्धुली गढी क्षेत्रमानै थिए। २०२२ मा सिन्धुलीगढी दरवारमा सेनाको व्यारेक र प्रहरी चौकी, कारागार मात्र वाँकी रहेर सबै कार्यालयहरु सिन्धुलीमाढीमा सारियो।
दिलिप थापाले सम्झदै भने गढी चहलपहल थियो जुन बेला सदरमुकाम थियो। दहि चिउरा खान पाइन्थो पौवागढी उक्लने बित्तिकै। पसलहरु थिए। उनले पसलेका नाम लिदै भने तर अहिले पालीकाले सवै नागरिक इतिहास छोपेर स्मारक र युद्ध संग्रहलय बनाएको छ। पूराना कुरा सवै सम्झनामा मात्र छ। २०२९ सालमा कारागार पनि सिन्धुलीमाढीमा सारियो।
कृष्ण विक्रम थापाले एउटा गित गाए। त्यस वेला देखि विगतका यादहरुलाई सम्झेर लोकगायक कृष्ण विक्रम थापाले ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरवार मार्यो नी मायाले मार्यो गीत गाएका थिए। २०३७ सालमा पहिलो पटक रेडियो नेपालमा बजेको यो गित अहिलेसम्म उत्तिनै महत्व र चर्चा छ। तर लोकगायक कृष्ण विक्रम थापाको शालिक तयार भएको एक बर्ष भन्दा बढी भै सक्यो अनावरण हुन सकेको छैन।
.jpg)
यस सम्पदा यात्राका आधारमा तयार नक्सालाइ डिजिटलाइज गरिने छ। जुन पद यात्रीका लागि उपयोगि हुने छन। उमेरले ७८ वर्ष पार गरिसक्नु भएको दिलिप कुमार थापाको सिन्धुलीक धार्मिक , पर्यटकीय तथा एतिहासिक झलक पुस्तक प्रकाशित छ।
सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ। उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन्। इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो।
बिक्रम संवत २०७४ देखि असोज १५ लाइ नै बिजय उत्सव मनाउन थालिएको र अंग्रेजलाई परास्त गरेकै मितिमा बिजयोत्सव मनाउदा तथ्यमा अलमल नहुने समृद्ध सिन्धुली अभियानका अभियन्ता भुबन थापा बताउछन। उनले समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै कमलामाई नगरपालिकासँग मिलेर यसको विकासमा सहकार्य गर्न सकिने बताए।
.jpg)
अभियानले गत बर्ष सिन्धुलीगढी चित्रकथा अंग्रजी र नेपाली संस्करण सार्वजनिक गरेको थियो भने सिन्धुलीगढीको प्रबर्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको छ। यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो।
अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ। पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो। यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो।
