इलाम । जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ हो, सन्दकपुर। एकैठाउँमा उभिएर दर्जनौं हिमचुली हेर्न उपयुक्त गन्तव्य। इलामको शिर सन्दकपुर (३,६३६ मिटर) भारतीय सहर दार्जिलिङसँग जोडिएको छ। यहाँबाट कुम्भकर्ण, सगरमाथा, कञ्चन्जंघा, मकालु, पाण्डिमलगायत दर्जनौं हिमालहरू देखिन्छन्।
इलामको सबैभन्दा अग्लो डाँडा सन्दकपुर घुम्ने मौसम सुरु भयो है ! इलामबजारबाट पुराना ल्याण्डरोभरमा सरर जाने होइन त घुम्न ?
बिहानै पूर्वतिर नजर टाँसेर बस्दा बिस्तारै झुल्किन्छ घाम। जब घामका किरण हिमाल पर्छन् तब ती सुनौला बन्दै जान्छन्। अहा ! कति रमाइलो बन्छ त्यतिबेलाको वातावरण। पुरै आकाश रङ्गीन बन्छ। सन्दकपुर हिमालय दर्शनसँगै सूर्योदय र सूर्यास्तका लागि समेत प्रख्यात छ। यहाँबाट नेपाल, भारत र भुटानका हिमसृङ्खला देखिन्छन्।
अग्लो भूमि भएकाले यहाँ सधैं जाडो हुन्छ। त्यसैले न्याना कपडासहित यात्रा गर्नुपर्छ। नेपालीभन्दा भारतीय पर्यटक बढी घुम्छन् सन्दकपुरमा। खाना र बासका लागि डााडामा केही होटल, रिसोर्ट र लज छन्। अर्को कुरा, पूर्वको प्रख्यात खोला ‘माईखोला’को शिर पनि सन्दकपुर नै हो। डाँडाको थाप्लो मुन्तिर एउटा कुण्ड छ, त्यसलाई माईखोलाको शिर मानिन्छ। कुण्ड नजिकै मन्दिरहरू छन् जहाँ पूजा गरेमा मनोकामना पुरा हुने जनविश्वास छ।
.jpeg)
इलाम सदरमुकामबाट ४२ किलोमिटर दूरीमा पर्ने सन्दकपुर यात्रामा पुराना ल्याण्डरोभर चढ्न पाइन्छ। इलामका गाउँगाउँमा पुराना ‘ल्याण्डरोभर’ गाडी चल्छन् । बेलायतमा बनेका ७० वर्ष पुराना गाडी पनि अझै गुड्दैछन्। इलाममा पुराना जीपको संख्या २५ भन्दा बढी छ। कच्ची सडकमा उकाली, ओराली गर्न ल्याण्डरोभर उपयुक्त मानिन्छ।सन्दकपुर यात्रामा ल्याण्डरोभर जीपको विकल्प छैन। इलाम बजारबाट ५ घण्टामा सन्दकपुर पुग्न सकिन्छ। अनुभवी चालकले सुरक्षित रुपमा गन्तव्यमा पुर्याउँछन्।
.jpeg)
भिन्टेज गाडीमा बसेर यात्रा गर्दा साहसिक अनुभूति सँगाल्न पाइन्छ। इलाम बजारबाट सन्दकपुर पुगेर एक रात बसेर फर्केको ल्याण्डरोभरको भाडा १५ हजार रुपैयाँ तिर्नु पर्छ।
एउटा सुझाब, सन्दकपुरमा खाना र बासको मूल्य महँगो पर्छ। त्यसैले शुलभ हिसाबमा बस्ने हो तल बिखे भञ्ज्याङ र कालपोखरीमा बास बस्न सकिन्छ। यी ठाउँमा सामान्य होटल सुविधा छ। अनि सखारै ल्याण्डरोभरमा डाँडा चढे भैहाल्छ।
सम्पर्क:
गृष्म सुब्बा–९८५२६८०५५५
राजेन मामा–९८५२६८१८४६
पर्यटन अभियन्ता गृष्म सुब्बा
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)