कीर्तिपुर। काठमाडौंको सांस्कृतिक नगरी कीर्तिपुरको प्रवद्र्धन गर्ने उद्धेश्यले विश्व पर्यटन दिवसका अबसरमा बुधबार सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरियो। कीर्तिपुर नगरपालिका प्राङगणबाट सुरु भएको यात्रा चिलञ्चो बिहार, ल्हो देग, देवु पोखरी, बाघभैरब हुँदै उमामहेश्वर मन्दिरसम्म पुगेको थियो।
कीर्तिपुर नगरपालिकाको आयोजना र कीर्तिपुर स्वयंसेवक समाजको सहआयोजनामा भएको कार्यक्रममा सयौं पर्यटप्रेमीले पदयात्रा गरे। यहाँका सम्पदाहरूका विषयमा कथा वाचक अनिल चित्रकार र स्थानीय पथप्रदर्शकहरूले सहभागीलाई कथा सुनाएका थिए।
.jpeg)
साँझपख सत्तलहरूमा लाइभ भजनकिर्तन सुनिएको थियो भने आयोजकहरूले पनि उमामहेश्वर मन्दिर हातामा सांगीतिक प्रस्तुति दिएका थिए। नेवारी भोज ‘सम्यबजी’ खाँदै साङगीतिक कार्यक्रम अवलोकन गरिएको थियो।
सम्पदा यात्राको शुभारम्भ कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले गरेकी थिइन्। यात्राका प्रमुख सहयोगीहरूमा कीर्तिपुर गाइड एसोसिएसन र स्टोरी साइकल थिए। यात्रामा चचिर्त पर्यटनकर्मीहरू योगेन्द्र शाक्य, सुबोध मल्ल, दिपकराज जोशी, राज ज्ञवाली, हिकमत सिंह ऐर, सुधन सुवेदी, चित्रबहादुर गुरुङलगायत स्थानीय र सञ्चारकर्मीको सहभागि थिए।
.jpeg)
सांस्कृतिक सम्पदाले भरिपूर्ण एवम् प्राकृतिक दृष्टिले मनोरम कीर्तिपुरले पर्यटनबाट लाभ लिन सकेको छैन। यहाँ केही होटल र होमस्टे सुविधा छ। डाँडामा बसेको कीर्तिपुर आकषर्क पर्यटकीय गन्तव्य बन्न सक्छ। यसका लागि नगरपालिकाले आफूसँग भएका सम्पदाको राम्रो ब्रान्डिङ र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ। साथै ऐतिहासिक कथालाई समेटेर हरेक साँझ नाटक देखाउने व्यवस्था मिलाउन सके पर्यटनमा नयाँ आयाम थपिने छ।
स्मरणीय छ, कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रबर्धन र नक्सामा ठाउँ तथा रुट राख्ने अभियान गत भदौ २१ बाट सुरु गरिसकेको छ। समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनकाअनुसार नगरपालिकाको सहयोगमा म्याप अपडेट गर्ने तथा जानकारी थप्ने काम नियमित रुपमा गरिनेछ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)