इलाम। तपाईं सूर्योदयको जिल्ला इलाम घुम्न जाँदै हुनुहुन्छ भने कन्याम चियाबारी नजिकै छिपिटारको ‘निगम होटल एण्ड लज’मा अबश्य पस्नुस् है। यात्रामा पनि त मिठो खाना खानु पर्यो नि, यसका लागि कन्यामबाट इलामबजारतिर लाग्दा फिक्कल नपुग्दै सडक किनारमै छ होटल।
कन्याम चियाबारी नजिकै छिपिटारमा अवस्थित ‘निगम होटल एण्ड लज’को खाना सम्झँदै मुख रसाउँछ।
होटलको डाइनिङ र रुम त सफा छन् नै, यहाँ पाक्ने खाना ज्यादै स्वादिलो हुन्छ। खानामा अकबरे खुर्सानीको अचारसहित हरियोपरियो तरकारी अनिवार्य पाइन्छ। एक पटक दालभात खाएर फर्केपछि सम्झँदा पनि मुख रसाउँछ।
मटन खानाको ४५० पर्छ भने चिकन खानाको ३५० रुपैयाँ। त्यसैगरी यहाँ पाहुनाका लागि बस्ने कोठा पनि छन्। सुविधा हेरेर एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँमा अट्याच बाथरुमसहितका कोठा पाइन्छन्।
यहाँ दालभात मात्र होइन, मम, चाउमिन, थुप्पालगायत खाजा पनि पाक्छ। मदिराप्रेमीका लागि लोकल तीन पाने रक्सीदेखि आयातित मदिरासम्म पाइन्छ। होटलमा एकैपटक ४० जना बसेर खानपिन गर्न सक्छन् भने २० जना बास बस्न।
३८ वर्षे स्थानीय युवा नेत्र प्रधानले एक दशक अगाडि खोलेको होटल। विगतमा उनी वैदेशिक रोजगारीका सिलसिलामा ४ वर्ष साउदी अरबमा बसेका थिए। उताबाट फर्केको केही समयपछि होटल खोलेर रोजगारी समेत सृजना गरे। यहाँ दुई जनाले काम पाएका छन्। चियाबारी घुम्ने सिजन अर्थात् दसैंदेखि जेठसम्म भने उनी अरु ३ जना ‘पार्ट टाइम’ कर्मचारी पनि थप्छन्।
उनी जीवन साथी रञ्जितासँग मिलेर व्यवस्थापनका काम गर्छन्। दम्पत्ति नै दिनभर काममै खटिन्छन्। उनीहरूले छोरा ‘निगम’को नामबाट होटल नामकरण गरेका हुन्। पसिनाको मूल्य बुझेकाले उनीहरू पौरख गर्दैछन्। भन्छन्, ‘विदेसमा बसेर काम गर्नुभन्दा परिवारसँग बसेर आफ्नै देशमा काम गर्दा आत्मसुंष्टि मिल्दो रहेछ।’
होटलको क्षमता बढाउने उनीहरूको योजना छ। यो मिहिनेती जोडीलाई धेरैधेरै शुभकामना !
सम्पर्क:
होटल निगम एण्ड लज
छिपिटार, इलाम
नेत्र प्रधान– ९८४४६९१८९६