इलाम। इलामको रमणिय गन्तव्य हो–माईपोखरी। सन्दकपुर गाउँपालिका वडा नं १ र ३ मा अवस्थित पोखरीमा नौ ओटा कुना छन्। हरेक कुनामा देवताको बास भएकाले यहाँ किराँती, हिन्दू र बौद्धमार्गीले पूजाअर्चना गर्छन्। प्रकृतिप्रेमीप्रेमीहरू पनि उत्तिकै रमाउँछन्।
माईपोखरीका होमस्टेमा ६ सय रुपैयाँमा डबल बेडका कोठा र ३५० रुपैयाँमा ननभेज खाना पाइन्छ।
जैविक विविधताका हिसाबले माईपोखरी (२,१२१ मिटर) को ठुलो महत्व छ। वि.सं. २०६५ सालमा विश्व रामसार क्षेत्रमा सूचिकृत पोखरीको क्षेत्रफल ९० हेक्टर छ। माईपोखरी जङ्गलबीचको वातावरण मनमोहक छ।
माईपोखरी क्षेत्रमा राई, लिम्बू, शेर्पा, ब्रम्हण, क्षेत्री, दलितलगायतको बसोबास छ। यहाँ होटल र होमस्टे सुविधा छ। पोखरीबाट १ किलोमिटर दूरीको देउराली बजारमा सामुदायिक होमस्टे सुविधा छ। होमस्टेका संस्थापक अध्यक्ष जीवन शिवाका अनुसार वि.सं. २०७२ मा होमस्टे सुरु गरिएको। यहाँका १५ ओटा घरमा एकै पटक दुई सय जना पाहुना बास बस्न सक्छन्।

शेर्पा, क्षेत्री, बाहुन, राई र विश्वकर्मा समुदायका घरमा पाहुना राखिन्छ। गाउँलेको ब्यबहार मायालु छ। होमस्टेमा अर्गानिक परिकार पाक्छ। लोकल कुखुराको मासु, लोकल रक्सी र लोकल परिकार यहाँका विशेषता। पाहुनाको चाहनामा सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ।
होमस्टेमा ६ सय रुपैयाँमा डबल बेडका कोठा र ३५० रुपैयाँमा ननभेज खाना पाइन्छ। इलाम बजारबाट १३ किलोमिटर दूरीमा पर्दछ माईपोखरी। पोखरी किनारसम्मै सडक जोडिएको छ। दुई रात होमस्टेमा बसेर घुमफिर गर्नु बेस हुन्छ। होमस्टे सञ्चालकलाई पहिल्यै खबर गरेर सूर्यास्त हुनु अगाडि नै होमस्टेमा पुग्नु पर्छ है!
सम्पर्क
जीवन शिवा– ९८१४०१८७३७, ९८०७९२२१५०





