रामेछाप। शैलुङको याक तथा चौंरी पर्यटन विकास कार्यक्रम अन्तर्गत ‘चौंरी सँगको जंगली बसाइ कार्यक्रम’ को आयोजना गरिने भएको छ।
सैलुङ क्षेत्रको पर्यटन तथा चौंरी व्यवसायलाई प्रर्वद्धन गर्ने उद्देश्यले यहीँ असोज ११ गतेदेखि १३ गतेसम्म तीन दिने ‘चौंरी सँगको जंगली बसाइ कार्यक्रम’ को आयोजना गर्न लागिएको आयोजकले जनाएको हो।
२०८० असोज ११ गते पाहुनाहरू शैलुङ्ग प्रवेश स्वागत कार्यक्रम, १२ गते परिचयात्मक एवं घुमफिर मनोरञ्जन कार्यक्रम, १३ गते समापन एवं बिदाई कार्यक्रम रहने आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा पाइलट विजय लामा, नायक दिलीप रायमाझी, निखिल उप्रेती, प्रोफेसर भगवान कोइराला ट्राभलर सिर्जना सैजु, कलाकार गरिमा शर्मा, लेखक बुद्धि सागर, गायक यश कुमार, कलाकार सन्दिप क्षेत्री, कानुन विद सुरेन्द्र भण्डारी लागयतको सहभागिता हुने छ।
कार्यक्रम आयोजकमा, पार्क एडभेन्चर काठमाडौं, छ भने विशेष भूमिकामा दोरम्बा शैलुङ्ग वडा न.१ डडुवा, सहजिकरणमा शैलुङ्ग खोलाखर्क चौंरीपालक कृषक समूह दोरम्बा शैलुङ्ग–१ र व्यवस्थापकको भूमिकामा शैलुङ्ग खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रर्वद्धन समिति रहेको छ।