चितवन। चितवनको माडी उपत्यका घुम्नलायक छ। करिब २३८ वर्ग किलोमिटरमा फैलिएको उपत्यका। प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण माडीमा तीन रात बसेर घुमफिर गर्न सकिन्छ।
माडी उपत्यकामा वैकुण्ठतालसहित सोमेश्वरगढी, पाण्डवनगर, वैकुण्ठताल, गोपालनगर, स्मृतिवाटिका, बाँदरमुढे स्मारक, वाल्मीकि आश्रम, त्रिवेणीधाम र अयोध्यापुरीलगायत सम्पदा छन्।
यहाँ सोमेश्वरगढी, पाण्डवनगर, वैकुण्ठताल, गोपालनगर, स्मृतिवाटिका, बाँदरमुढे स्मारक, वाल्मीकि आश्रम, त्रिवेणीधाम र अयोध्यापुरीलगायत सम्पदा छन्।
मनसुनमा हरित उपत्यका माडी भ्रमण गर्दा हरियालीमा आँखा डुलाउन पाइन्छ। यतिवेला प्रमुख आकर्षण वैकुण्ठताल बन्न सक्छ। वसन्तपुर बजारको शिरमा वैकुण्ठताल छ। चुरे पर्वत सृङ्खलाबाट आएको नदीबाट सुन्दर झरना बनेको छ।
झरना मुन्तिर नदीलाई ‘घाँघर खोला’ भनिन्छ। गर्मी याममा झरनाको सौन्दर्यमा रमाउन र शितल वातावरणमा आनन्द लिन घुइँचो लाग्छ। ताल क्षेत्रमा वैकुण्ठेश्वर महादेव र राम मन्दिर पनि छन्। यहाँ वैशाख शुक्ल पूर्णिमा र बालाचर्तुदशीका दिन मेला लाग्छ।माडी पर्यटकीय गन्तव्यका रुपमा चम्किँदैछ। यहाँ खाना र बासका लागि सामुदायिक होमस्टे, होटल तथा लज सुविधा छ। मगर, थारु, बाहुनक्षेत्री, दराई र बोटे समुदायले सामुदायिक होमस्टे सञ्चालन गरेका छन्।
वैकुण्ठ ताल र झरना हेर्ने यात्रा योजना बनाउँदा माडीका सामुदायिक होमस्टेमा बास बस्नु बेस हुन्छ। बेलैमा होमस्टे सञ्चालकलाई खबर गरेर साँझ घाम नडुब्दै गाउँमा पुग्नु पर्छ। बिहानको समयमा झरना हेर्नुं राम्रो हुन्छ।
कसरी पुग्ने ?
चितवनको भरतपुर बजारबाट माडीसम्म ३२ किलोमिटर छ। माडी पुग्न चितवन राष्ट्रिय निकुञ्जको चेकपोस्ट पार गर्नु पर्छ। भरतपुर–माडी–ठोरी हुलाकी सडकले उपत्यकालाई छिचोलेको छ।
सम्पर्क :
१. बघौडा सामुदायिक होमस्टे
माडी नगरपालिका–३, बघौडा
रजपतिया कुमारी चौधरी–९८४५२४०७९८
२. वनकट्टा बोटे सामुदायिक होमस्टे
माडी नगरपालिका–१ वनकट्टा
संतोष बोट–९८६२३७३३८८
३. अयोध्यापुरी सामुदायिक होमस्टे
माडी नगरपालिका–८, शिवद्वार
मोहन पुन–९८०४२२०९९२
४. माडीभ्यू मध्यवर्ती सामुदायिक होमस्टे
माडी नगरपालिका–६, लक्ष्मीवास
षडानन्द सापकोटा–९८४४५३२०४२
५. दराई सामुदायिक होमस्टे
माडी नगरपालिका–३, रमाइलोडाँडा
राजकुमार दराई–९८५५०८५६७७