काठमाडाैं। पर्वतीय पथ प्रदर्शक नेपाल (मोगान)द्वारा आयोजित ३ दिने मौसम पूर्वानुमान, जीपीएस र नक्सा अध्ययन तालिम सुरु गरिएको छ।
पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको शिप क्षमता विकास गर्ने उद्देश्यसहित मंगलबारदेखि नेपाल पर्यटन बोर्डको हलमा सञ्चालित तालिममा १२५ जना पर्यटन श्रमिकहरुको सहभागी रहेका छन्।
पर्यटकलाई हिमाली क्षेत्रमा ट्रेकिङ तथा आरोहणमा जाने बेला मौसम र नक्साबारे जानकारी लिनको लागि तालिमले मद्दत गर्ने मोगानका अध्यक्ष सञ्जीव गुरुङले बताए। “तालिमले पर्यटन मजदुरहरूलाई मौसम पुर्वानुमान तथा भुगोलको नक्सा र जिपिएस पत्ता लगाउन सहयोग पुग्नेछ,” अध्यक्ष गुरुङले भने।
सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी)का निर्देशक धर्मराज दवाडीले परियोजनाले छोटो अवधिको रोजगारी प्रदान गरी सबैभन्दा प्रभावित कामदारहरूको जीविकोपार्जनमा सहयोग पुर्याएर पर्यटन क्षेत्रको पुनःउत्थानमा योगदान पुर्याउने लक्ष्य सहित पर्यटन श्रमिकलाई विभिन्न तालिम दिदै आएको बताए। उनले यो तालिम पनि त्यसैको निरन्तरता रहेको जानकारी दिए।
यसैअनुरुप एसटीएलआरपीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरूलाई विभिन्न पर्यटन बोर्डको सहकार्यमा विभिन्न सीप अभिवृद्धि तालिमहरूमा सहयोग गर्दै आएको छ। अगामी दिनमा पनि यस्ता शिप मुलुक तालिमहरुको दिने उनले बताए।
मोगानको आयोजनामा संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन बोर्ड (एनटिबी) सँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।
यसअघि मोगानले ६० जना पर्यटन क्षेत्रमा आवद्ध श्रमिकलाई ३ दिने मोबाइल फोटोग्राफी तालिम प्रदान गरेको थिए।