रुकुम पूर्व। लुम्बिनी प्रदेशको हिमाली जिल्ला तथा नेपालकाे कान्छो जिल्ला समेत भनेर चिनिने रुकुम पुर्व भौगालिक सुन्दरता र सांस्कृतिक रुपमा धनी छ।
जिल्लाका उत्कृष्ट पर्यठकीय गन्तव्य मध्ये रुकुम पुर्व भूमे गाउँपालिका वडा नं १ मा पर्ने चौरी लेक प्राकृतीक सौन्दर्यले भरिपूर्ण ठाँउ हो। समुन्द्र सतहबाट करिब ४६०० मीटर उचाईंमा अवस्थित यस ठाउँमा हिउँद याममा हिउँले ढपक्क ढाकिएको हुन्छ । अहिले वर्षा याममा भने रंगिविरंगी फूलहरुले सजिएको छ।
भेडाका ठूलो बगाल अनि गोठले यहाँको सुन्दरतालाई झन मनमोहक बनाएको छ। यस क्षेत्रमा असारको पहिलो हप्ता देखी भाद्र अन्तिम सातासम्म यस ठाउँमा भेडी गोठ बस्छ। भेडा बाख्रा लगायत यहा भैंसी, गाई, अनि घोडाहरु पनि चरणको लागि यस क्षेत्रमा रहन्छ । बुकी चरनको लागि पनि उपयुक्त ठाँउ चौरी लेक नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनको पश्चिम भेक तिर पर्दछ।
यहाँ बाट रुकुम जिल्लाकै प्रसिद्ध सिस्ने हिमाल, पुठा हिमाल, धौलागिरी हिमाल, अन्नपुर्ण हिलाम माछापुछ्रे हिमालको लामो लर्कनको हिमाली दृश्य अवलोकन गर्न सकिन्छ।
त्यस्तै ढोरपाटन शिकार आरक्ष क्षेत्रमा रहेको पश्चिमतिर पूथा उत्तरगंगा गाउँपालिकामा रहेका विभिन्न गाउँहरु, दक्षिणमा रोल्पाको चर्चित धार्मिक तथा पर्यटकीय स्थल जलजला, जन्तरे, कोठी भिर लगायत प्युठानका विभिन्न ठाउँहरुको पनि अवलोकन गर्न सकिन्छ।
प्राकृतिक तथा भौगालिक सुन्दरताले भरी पूर्ण यस् ठाउँमा पर्यटन प्रर्वद्धन गर्न भूमे गाउँपालिकाले चौरी लेक भ्रमण गर्ने आन्तिरिक तथा बाहृय पर्यटकको लागि सहज होस् भनेर कोइपासम्म मोटर बाटो खन्ने क्रममा छ।
त्यहाँ बाट चौरी लेक पुग्न करिब २/३ घण्टा समय लाग्छ। चौरी लेक पुग्न रुकुम पुर्व र बाग्लुङको सिमाना पातीहाल्नेमा बास बसेर मज्जाले घुमघाम गरि फर्किन सकिन्छ।
करिव ३१ सय मिटरमा अवस्थि पाटीहाल्ने भञ्ज्याङमा होटेल खान बस्नको राम्रो व्यबस्था रहेको छ। यहाँबाट तिलाचन, कोठिभिर, जन्तरे पनि सजिलै पुग्न सकिन्छ भने मोटरबाटो पछ्याउदै बुर्तिबाङ हुदै ढोरपाटन पनि सजिलै पुग्न सकिन्छ।
तस्बिरहरु: