जनकपुर। प्राचीन मन्दिर, कुण्ड र पोखरीहरूले भरिपूर्ण जनकपुर धनुषा जिल्लामा पर्दछ। राजा जनक र सीताको जन्मथलो होे जनकपुर। जनकपुरको मुख्य आकर्षण जानकी मन्दिर झट्ट हेर्दा दरबारझैं लाग्ने कलात्मक मन्दिर भित्र वशिष्ठ, सतानन्द, सुनयना, राम, लक्ष्मण, भरत, शुत्रुघन, सीता, जनक आदिका मूर्ति छन्।
वर्षैभरि जनकपुर घुम्न सकिन्छ। मनसुनमा निलो आकाश मुन्तिर मन्दिरहरू, तलाउ र बस्ती छर्लङ्ग खुल्छन्। मनसुनको मिठास बेग्लै हुन्छ।
जानकीको भाकल गरेपछि मनोकामना पूरा हुने जनविश्वास छ। त्यहीअनुसार टिकमगढ, भारतकी महारानी भानु वृषकुमारीले भाकल गरेकाले उनको छोरा जन्मिए। तिनै महारानीले विशाल मन्दिर बनाउन लगाइन्। वि.सं. १९५२ मा शिल्यान्यास गरिएको मन्दिर वि.सं. १९६७ मा पूरा भएको थियो। यसलाई नौलाखा मन्दिर पनि भनिन्छ किनकी त्यतिबेला ९ लाख रुपैयाँमा निर्माण गरिएको छ।
जनकपुरमा राम र जनकका मन्दिर पनि छन्। जानकी मन्दिरसँगै विवाहमण्डप छ। विवाहमण्डपमा रामसीता आदिका मूर्ति छन्।
जनकपुरधाम।
मन्दिर हातामा जानकी सङ्ग्रहालय पनि छ जहाँ सीता जन्मेदेखि विवाह भएसम्मको घटनाक्रमलाई झल्काइएको छ।
जनकपुरको चार दिशामा द्वारपालका रूपमा पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर छन्। जनकपुर बजारबाट १६ कि.मि.मा धनुषाधाम छ भने १३ कि.मि.मा जलेश्वर।
जानकी मन्दिर।
जनकपुर क्षेत्रमा थुप्रै तलाउ छन्। तीमध्ये गंगासागर, धनुषसागर, रत्नसागर प्रमुख हुन्। गंगासागरमा हरेक साँझ आरती गरिन्छ। यहाँ वि.सं. २०७१ सालदेखि आरती गर्न सुरु गरिएको हो।
विवाहमण्डप।
जनकपुरमा छठ, विवाह पञ्चमी, राम नवमी र फागु पूर्णिमामा मेला लाग्छ। जनकपुरमा मधेसी समुदायको बसोबास छ। बजारमा दर्जनौं पर्यटकीय सुविधाका होटल छन्। यातायात सुविधा, अस्पताल र प्रहरी कार्यालय छन्। बिजुली र सञ्चार सुविधा छ।
राम मन्दिर।
जनकपुर वर्षैभरि घुम्न सकिन्छ। मुख्य सिजन चाहिँ असोजदेखि मंसिरसम्म र फागुनदेखि चैतसम्म। मनसुनमा निलो आकाश मुन्तिर मन्दिहरू, तलाउ र बस्ती छर्लङ्ग खुल्छन्। मनसुनको मिठास बेग्लै हुन्छ। साइकल, जिप, ट्याक्सी र इलेक्ट्रिक रिक्सामा घुमफिर गर्न सजिलो हुन्छ।
राम मन्दिर भित्रका मूर्तिहरू।
जनकपुर यात्रामा मिथिला थाली, माछा, लस्सी, मट्का चिया र मिठाई सेवन गर्न भुल्नु हुँदैन। भैरबचोकको ‘काले होटल’मा माछाका मिठामिठा परिकार पाक्छ। त्यस्तै जानकी मन्दिर नजिकै मिठाई पसलहरू छन्। मिथिला थालीका लागि भने रामानन्द चोकमा चर्चित सेफ सन्तोष साहले चलाएको ‘मिथिला थाली’ उपयुक्त छ। मट्का चिया र लस्सी त जताततै पाइन्छ।
जनक मन्दिर।
जनकपुर घुमफिरबाट फर्कंदा परिवार, साथी र आफन्तका लागि मिथिला कला झल्कने सामान र मिठाई कोसेली ल्याउन सकिन्छ। मिथिला कलाकृतिका लागि कुवा गाउँको नारी विकास केन्द्र भ्रमण गर्नु बेस हुन्छ। बजारमा पनि पाइन्छ।
धनुष।
कसरी पुग्ने: काठमाडौंबाट मुग्लिन हुँदै जनकपुरको दूरी ३५० कि.मि.। बसमा ९ घण्टा लाग्छ। बनेपा–बर्दिवास सडक हुँदै काठमाडौं–जनकपुर २१० कि.मि.। जीपमा ६ घण्टा लाग्छ। काठमाडौंको कोटेश्वरबाट र जनकपुरको रामानन्द चोकबाट जीप तथा बस छुट्छन्। अथवा काठमाडौं–जनकपुर २५ मिनेट हवाई यात्रामा पुग्न पनि सकिन्छ। जनकपुर एयरपोर्टबाट २.५ कि.मि.मा जानकी मन्दिर।
गंगासागरमा आरती।
साँझपख गंगासागर।
धनुष सागर।
अगंराज तलाउ।
जनकपुर रेलवे स्टेशन।
परशुराम तलाउको मन्दिर।
धनुषाधामको धनुष मन्दिर।
शहीद गेट।
रामानन्दचोकमा चर्चित सेफ सन्तोष साहको रेष्टुराँ।
ईरिक्सा चालक।
स्ट्रिट फुड।
परशुराम तलाउ।
मिथिला कलामा मयुर।
रामायणको झल्को दिने मिथिला कला।
जानकी मन्दिरमा नित्य भजन।