काठमाडौं । फोटो पत्रकार तथा लेखक भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्वीर पुस्तक प्रकाशित भएको छ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई केन्द्रति गरेर जिल्लाभित्रका सांस्कृतिक, धार्मिक एवम् जीवनशैलीसँग सम्बन्धित तस्वीरसहितको पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको हो।
दुल्लु नगरपालिकाद्वारा प्रकाशित ‘पञ्चकोशी दैलेख’ पुस्तकमा दुल्लु नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिकका,प्राकृतिक, कला र संस्कृति सबैलाई समेटेर पुस्तक तयार गरेको लेखक थापाले बताए ।
प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्वीरहरु समावेश रहेको यस संग्रहले दैलेख जिल्लाका साथै पञ्चकोशी क्षेत्रको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पु¥याउने लेखक तथा फोटोपत्रकार थापाले बताए।
पत्रकार थापाले यसअघि Wild West Nepal (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), Explore Far–West (२०२०), गन्तव्य मध्यपुर (२९२१), तस्वीरमा नेपाल (२०२२), west Nepal (२०२२), Nepal in Image (२०२३) प्रकाशित भएका छन् ।