काठमाडौं। पर्वतीयय पथ प्रदर्शक नेपाल (मोगानले) पर्वतीय पर्यटन श्रमिकलाइ ३ दिने मोबाइल फोटोग्राफी दिने भएको छ। पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सीप विकस गर्ने मुख्य उद्देश्यले अगष् ४ देखि ६ तारीख सम्म दुई दिनेतालिमको अयोजना गरिएको मोगानले जनाएको हो।
मोगानको आयोजनमा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा करिव ६० जनालाइ निशुल्क तालिम प्रदान गरिनेछ।
‘हामी पर्यटक लिएर नेपालको विभिन्न हिमाल÷पहाडी भेगमा पुगेका हुन्छौ। त्यहाका भुगोल, मानिसको जनजिवन र संस्कृती आकर्षक ढंगले कसरी खिच्ने भन्ने आधरभुत तालिम दिन लागिएको हो,’ मोगानका महासचिव रामकाजी तिवारी ‘प्रयास’ले भने।‘पर्यटन प्रवर्द्धनको लागि फोटो एक सशक्त माध्यम हो, तालिमले मजदुरहरुको सीप अभिवृद्दिमा समेत सहयोग पुग्नेछ।’ उनले भने।
सन २०२१ मा स्थापना भएको मोगान नेपाली पर्वतिय पथ प्रदर्शकको संस्था हो। यसको मुख्य उद्देश्य मोगान पर्वतीय पर्यटन क्षेत्रका पथ प्रदर्शक तथा श्रमिकहरुको हक÷हितको संरक्षण गर्नु साथै पर्वतारोहण तालिम गर्न नेपाल सरकार तथा विभिन्न सरोकारवालासंग सहकार्य गर्नु हो।
तालिम लिन इच्छुक पर्वतिय पर्यटन क्षेत्रमा कार्यरत ब्यक्तिहरूलाई सम्पर्क गर्न अह्वान गरिएको छ । साथै दर्ता शुल्क दर्ता शुल्क रू २ सय तिरेर अनलाइन मार्फत फारम भर्न सक्नेछ्न ।
सम्पर्कः सञ्जिब गुरुङ, ९८४११९०८८१, रामकाजी तिवारी ‘प्रयास’ ९८५१३१६१५४
स्थान : नेपाल पर्यटन बोर्ड हल , भृकुटीमण्डप