काठमाडौं। पर्यटन क्षेत्रमा कार्यरत पर्यटन श्रमिकहरुको साउन नयाँ पारिश्रमिक लागू भएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ)बीच गत जेठ २६ गते भएको सम्झौता भए अनुसार साउन १ गते बाट नयाँ पारिश्रमिक लागू भएको हो।
ट्रेकिङ एण्ड टुर क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि २०८० साउन १ बाट लागु हुने गरी नयाँ पारिश्रमको सम्झौता भएको थियो।
‘गत जेठ २६ गते ‘ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ) बीच सम्झौता अनुसार नयाँ पारिश्रमिक लागू भएको हो। ’ जोटुफका सचिव राम काजि तिवारी ‘प्रयास’ ले भने।
नयाँ पारिश्रमिक दर रेट कार्यान्वयन गर्न टानले गत असार ४ गते आफ्ना सदस्य कम्पनीहरुलाई परिपत्र जारी गरिसकेको छ।
कति छ नयाँ परिश्रमिक ?
पथप्रदर्शक (ट्रेकिङ गाइड) ले प्रतिव्यक्ति प्रतिदिन रु. ३,१००, सहायक पथप्रदर्शक (असिस्टेन्ट गाइड) ले प्रतिव्यक्ति प्रतिदिन रु. २,५००, सहयोगी पथप्रदर्शक (पोटर गाइड) ले प्रतिव्यक्ति प्रतिदिन रु. २,५०० र सहयोगी श्रमिक (भरियाहरु) ले प्रतिव्यक्ति प्रतिदिन रु. २,४०० पाउने छन्।
त्यसैगरी टुर गाइडले ग्रुपको संख्या संख्या अनुसार पारिश्रमिक दर भने फरक छ। सम्झौता अनुसार २ जनासम्म पर्यटकलाई अङ्ग्रेजी भाषाका टूर गाइडहरुले प्रतिदिन रू. ३,०८० पाउने छन् भने अन्य भाषाका गाइडहरूले प्रति दिन रू. ३,७०० पाउने छन्।
त्यस्तै ३ देखि ६ जनासम्म पर्यटहको लागि अङ्ग्रेजी भाषाका गाईहरुले प्रतिदिन रु.३,९३० पाउने छन् भने अन्य भाषाका गाइडहरुले प्रतिदिन रु. ४,७०० पाउने छन्। ७ देखि १२ जनासम्म पर्यटक घुमाउदा अङ्ग्रेजी टूर गाइहरुले प्रतिदिन रु. ४,२६० र अन्य भाषाका गाइडले रु. ५,१००, १३ देखि २० जनासम्मको पर्यटक समुहलाई अङ्ग्रेजी भाषाका गाईडहरुले प्रति दिन रु. ४,५८० र अन्य भाषाका गाइडहरुले प्रतिदिन रु. ५,५०० पाउँछन् भने २१ जना भन्दा भन्दा माथिका पर्यटक समुहलाई अङ्ग्रेजी भाषाका गाइडले दैनिक रु. ४,९८० र अन्य भाषाकाले दैनिक रु.५,९०० पाउने छन्।
जोटुफ सचिव तथा निटोगका अध्यक्ष राम काजि तिवारी ’प्रयास’ ले परिश्रमिक वृद्धि भएकोमा खुशि व्यक्त गरेका छन। अन्य पर्यटन श्रमिकहरुले पनि स्वागयोग्य वताएका छन। ‘सम्झौता अनुसार टान र नाट्टासंग श्रमिक युनियनका तर्फबाट भएको न्यूनतम पारिश्रमिक सम्झौताहरु कार्यान्वयन नभए सशक्त प्रतिवाद सहित आन्दोलन गरिने छ, ’ सचिव राम काजि तिवारी ‘प्रयास’ले वताएका छन।
पर्यटन श्रमिकहरुको पारिश्रमिक गत ४ साल देखि बृद्धि भएको थिएन। अहिले बृद्धि गरिएको न्यूनतम परिश्रमी विगतका २ वटा बजेटमा सरकाले बृद्धि गरेको पारिश्रमिक वृद्धिदर लाई आधार मानेर बृद्धि गरिएको हुनाले वृद्धिदर वैज्ञानिक रहेको उनको भनाई छ। त्यसैले यो वृद्धि दरलाई कार्यान्वयनको विकल्प नभएको समेत सचिव प्रयासले बताए।