पोखरा। पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि स्वादिस्ट खाना खुवाएर आरामदायी बास बसाउने उद्धेश्यले वेगनासताल नजिकै सुन्दरीडाँडामा ‘वेगनास हिल रिर्सोट’ सञ्चालनमा आएको छ। खुलेको छोटो समयमै यसले पर्यटकको मन जितिरहेको छ।
‘हामी वेगनासतालमा हुर्केका माछाका थरीथरीका परिकार पनि खुवाउँछौं’, रिसोर्ट सञ्चालक सुशिलकुमार श्रेष्ठ भन्छन्, ‘पोलेको माछा खाने कि फ्राई, झोल माछा खाने कि ग्रेभी, तपाईं आफैं रोज्नुहोस्, हामी खुवाउँछौं।’
पोखरा महानगरपालिका–३१ मा वेगनासताल–भोर्लेटार सडक छेउमा बनाइएको रिसोर्टका हरेक कोठाबाट वेगनासतालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। त्यति मात्र होइन, रेष्टुराँबाट समेत तालको दृश्यमा रमाउन पाइन्छ। तालको पृष्ठभूमिमा धौलागिरि, माछापुच्छे« र अन्नपूर्ण हिमाल मुस्कुराउँछन्।
यहाँको रेष्टुराँमा नेपाली परिकार दालभातदेखि चिनियाँ र कन्टिनेन्टल परिकारसम्म पाक्छ। त्यसो त पोलेका माछाका लागि सुन्दरीडाँडा र माझीकुना प्रख्यात छन्।
‘हामी वेगनासतालमा हुर्केका माछाका थरीथरीका परिकार पनि खुवाउँछौं’, रिसोर्ट सञ्चालक सुशिलकुमार श्रेष्ठ भन्छन्, ‘पोलेको माछा खाने कि फ्राई, झोल माछा खाने कि ग्रेभी, तपाईं आफैं रोज्नुहोस्, हामी खुवाउँछौं।’
पोखरा घुम्न आउने हुन् या मुक्तिनाथबाट फर्कनेहरू, उनीहरू एक रात यहाँ बस्छन्। ‘शान्त वातावरण र मिठो खानाले पर्यटकहरू लोभिएका छन्’, उनले भने, ‘विशेषतः आन्तरिक पर्यटकहरू बढी आउँछन्।’
वि.सं. २०७३ सालदेखि बनाउन सुरु गरिएको रिसोर्ट उद्घाटन गएको मंसिर २९ गते गरिएको थियो। यसबाट पर्यटकीय सुविधा चाहने पर्यटकलाई सजिलो भएको छ।
दुई रोपनी दुई आना जमिनमा बनाइएको रिसोर्ट निर्माणमा करिब ४ करोड २५ लाख रुपैयाँ खर्च भैसकेको छ। जग्गा चाहिँ पहिल्यै किनिएको थियो। ठैब ललितपुरका सुशिलकुमार र पनौती, काभ्रेका किरणसुन्दर सैंजुको लगानीमा रिसोर्ट बनाइएको हो।
रिसोर्टमा १७ ओटा सुविधायुक्त कोठा छन्। मूल्य भने ए.सी. कोठाको २५ सय, नन ए.सी.को १५ सय र सिंगल बेडको १२ सय रुपैयाँ पर्दछ।
आधुतिक रेष्टुराँसहित ५० जना क्षमताको सेमिनार हल पनि छ। त्यसैले गोष्ठी, वैठक र छलफल जस्ता कार्यक्रमका लागि पनि रिसोर्ट उपयुक्त देखिन्छ।
यहाँ दुई रात बसेर सेरोफेरोमा घुम्न सकिन्छ। रिसोर्टमा बसेर चर्चित माझीकुना हुँदै वेगनासतालको फन्को मारे पनि हुन्छ, अथवा रुपाताल घुम्न निस्के पनि। यस्तै रुपाकोट वा वेगनास गाउँसम्म हाइकिङ गरेर फर्कन पनि मिल्छ। टाढासम्म नजाने हो भने यहींको प्रकृतिमा रमाएर योग तथा ध्यानमा बस्न पनि सकिन्छ।
चरा र पुतली अध्ययनका लागि समेत यस क्षेत्र आकर्षक मानिन्छ। साहसिक गतिविधिमा रमाउनेका लागि साइक्लिङ र फिसिङ सुविधा पनि छ।
काठमाडौंदेखि पोखरासम्मको दूरी २०० किलोमिटर छ। सुन्दरीडाँडामा पुग्न पोखरा बजार पुग्नु पर्दैन। १० किलोमिटर वरै पृथ्वी राजमार्गको तालचोकबाट दाहिने मोडिनु पर्दछ। तालचोकबाट वेगनास बसपार्क ३ किलोमिटर र त्यहाँबाट अर्को ३ किलोमिटरमा सुन्दरीडाँडा भ्यूटावर। भ्यूटावरसँगै छ ‘वेगनास हिल रिसोर्ट’ ।
सम्पर्क: सुशिलकुमार श्रेष्ठ–९८४१२४२२१९