काठमाडौं। कर्णाली प्रदेश भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा एउटा आकृति बन्दछ। देशको एउटा यस्तो प्रदेश जो अन्य प्रदेशहरूको तुलनामा शिक्षा, स्वास्थ्य, विकासको तुलानामा पछि रहेको छ।
स्वास्थ्यको पहुँच आम मानिसहरू सम्म पुगी नसकेको यसै प्रदेशको सामाजिक अवस्थामा आधरीत एउटा नाटक थापा गाउँस्थित मण्डला नाटकघरमा प्रदर्शन भइरहेको छ।
भारतीय लेखक सौरभ शुक्लाद्वारा लिखित भारतीय नाटक ‘बर्फ’ लाई नेपाली परिवेशमा उतारी प्रर्दशन भइरहेको छ ‘हिउँ भन्दा चिसो’ । नाटकको नेपाली रूपान्तरणको निर्देशक सोमनाथ खनाल हुन् भने यसलाई नेपालीमा अनुवाद गरेकी हुन् नम्रता केसीले।
नाटकमा गाउँ प्रतिको मोह, माया र एउटी आमाले आफ्नो बच्चाले गर्ने निस्वार्थ माया देखाइएको छ। नाटकमा तीन पात्रहरुको मात्र उपस्थिति रहेको छ। नौरती, गोपी र डाक्टर सिद्धान्त । यी तीनै पात्रको जवलन्त अभिनयले दर्शकको चित्त एकाग्र गर्न सफल हुन्छन्।
नाटकले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको दुर्वास्था र त्यहाँको बसाइँसराइको अवस्था दर्शाएको छ।
नाटककी पात्र नौरती यस्ती पात्र हुन् उनको ममताको आगाडि एउटा यस्तो असत्य पनि सत्य झैं साबित हुन्छ। नाटक देखाएको संरचना पात्रहरुको लबज अभिनयले यसलाई अझ जीवन्त बनाएको दर्शकको आखाँ नाटकका पात्रहरुमा टक्क अडिएका छन्।
नाटक एउटा यस्ती आमाको पात्र छिन् जस्ले आफ्नो कोखबाट एउटा गुडियालाई जन्म दिन्छन्। नाटक यहीँ गुडियाको वरिपरिबाट अघि सुरु हुन्छ।
नाटककी पात्र नौरती गर्भवती हुन्छे उसलाई प्रसव पीडाले च्यापेपछि अस्पताल पु¥याइनछ। अस्पतालमा उसले एउटा मृत्त बच्चालाई जन्म दिन्छे। प्रसव पीडाबाट विस्तारै होसमा आएकी उसलाई थाहा हुँदैन की आफ्नो कोखबाट मृत्त बच्चाको जन्म भएको छ। ऊ आफ्नो बच्चा खोज्न थाल्दछे, श्रीमती बेदना देखेर नौरतीको श्रीमान गोपीले उसलाई एउटा बच्चा दिन्छ, खेलौना। नौरतीले त्यहीँ खेलौनालाई आफ्नो बच्चा मान्देछ र खुःसी हुन्छे ।
नौरतीले त्यहीँ खेलाउनलाई आफ्नो बच्चा सम्झेर आमाको माया दिन्छे, गोपीलाई आफ्नो श्रीमतीको त्यो हालत हेर्न बिवश छ उसँग त्यो बाहेका केही विकल्प छैन।
खेलौना बच्चामा केही परिवर्तन आउँदैन, आओस पनि कसरी त्यो त एउटा खेलौना न हो। तर, त्यो विचरी नौरतीले त्यस कुराको पत्तो छैन त्यसैले उ आफ्नो बच्चा बिरामी भएको मान्दछे। बच्चाको उपचार गराउन चहान्छे। आफ्नो बच्चाको मृत्यु भइसके र नौरतीको साथमा रहेको त्यो बच्चा बच्चा नभएर खेलौना हो भन्ने सहास गोपीसगँ छैन्।
गाउँमा घरैघर छन् तर मानिस छैन्न । बसाइँले गाउँ रित्तिएको छ। गाउँमा नौरती र गोपीमात्रै छन् तर उनीहरू एक्लै भएको ठान्दैनन्। नौरती ती निर्जन घरलाई आफ्नै सन्तानहरूले भरिभराउ गर्न चाहन्छे त्यसैले उसले जसरी पनि आफ्नो छोरो बचाउनु छ।
त्यसैले उ आफ्नी श्रीमतीको बच्चाको उपचार गर्ने त्यो इच्छा पूरा गर्न डाक्टर लिन जान्छ। गोपी एक स्वास्थ्य संस्थामा काम गर्छ, उसले त्यहीँबाट डाक्टर सिद्धान्तलाई आफ्नो घर लैजान्छ।
जब डाक्टर सिद्धान्त गोपीको घर पुग्छ तब उनले देख्छन की उनलाई त त्यहाँ एउटा बच्चाको नभएर गुडीयाको उपचारर्थ त्यहाँ ल्याइएको रहेछ। उनले अब त्यस खेलौना बच्चामा कसरी प्राण भने कसरी जीवीत बनाएर उठाउने अह त्यो त सम्भव नै थिएन्। यसरी नै डाक्टर सिद्धान्त पनि नौरतीको कल्पनालाई मान्न तयार हुन्छन्।
नेपालका दुर्गम गाउँहरूको दुःख र त्यहाँको अभाव, त्यहाँका बासिन्दाको (मूढ) विश्वास र बसाइँसराइको नराकात्मक प्रभाव नाटकको प्रकारान्तर प्रस्तुति हो।
नाटकको पात्रमा नौरतीको भूमिकामा रेणु नाथ योगी, गोपीको भूमिकामा गोविन्द सुनार र डाक्टर सिद्धान्तको भूमिकामा भोलाराज सापकोटा छन्।
यो नाटक असार ८ गतेदेखि साउन १४ गतेसम्म हेरक दिन सोमबार बाहेक साँझ ५ः ४५ मा र शनिवार दिउँसो २ः३० मा प्रर्दशन भइरहेको छ।