काठमाडौं। द इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) ले जारी गरेको ‘ग्लोबल पिस इन्डेक्स’ले विश्वका सुरक्षित देशहरुको सूची सार्वजनिक गरेको छ।
‘इन्डेक्स’ले अर्थशास्त्र र शान्ति संस्थानद्वारा विश्वको सबैभन्दा सुरक्षित देशहरूको वार्षिक रैंकिंग गर्दछ। जिपिआइले हिंसा र अपराधको स्तरदेखि आतंकवाद र अन्तर्राष्ट्रिय द्वन्द्वसम्मका कारकहरूको ठूलो दायरामा देशहरूलाई श्रेणीबद्ध गर्दछ।
सन् २०२३ कालागि सबैभन्दा सुरक्षित देशको रुपमा आइसलेण्ड रहेको छ भने दोस्रोमा डेनमार्क र तेस्रोमा आयरलेण्ड रहेको छ। २००८ देखि आइसल्याण्ड विश्व शान्ति सूचकांकमा पहिलो नम्बरमा रहेको छ। अर्थात् गत वर्ष पनि आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्र नै रह्यो।
नेपालमा भने अशान्ति बढेको विश्वव्यापी सर्वेक्षणले देखाएको छ। सन् २०२२ को तुलानामा सन् २०२३ मा नेपाल अघिल्लो वर्षभन्दा ६ स्थान तल झरेको छ।
गत वर्ष नेपाल यो सूचीमा ७३ औं स्थानमा थियो। तर, यो वर्ष नेपाल यो सूचीमा तल झरेर ७९ औं स्थानमा पुगेको छ। यसको अर्थ नेपालमा गत वर्षको तुलनामा अशान्ति बढेको छ।
२००६ अंकका साथ नेपाल ७९ औं स्थानमा रहँदा छिमेकी मूलुक चीन २००९ अंकका साथ ८० औं स्थानमा रहेको छ भने भारत २३१४ अंकका साथ १२६औं स्थानमा रहेको छ। त्यस्तै २१३५ अंकका साथ श्रीलकां १०७ औं स्थानमा रहेको छ सुचीको अन्तिममा ३४४८ अंकका साथ अफगान्स्थिान १६३ औं स्थानमा रहेको छ। नेपालका छिमेकीहरुमा भुटान मात्र नेपालभन्दा धेरै अगाडि छ। भुटान १४९६अंकका साथ १७ औं स्थानमा रहेको छ।
यो सूचीअनुसार अफगानिस्तान लगातार पाँचौं वर्ष विश्वको सबैभन्दा अशान्त राष्ट्र भएको छ। अफगानिस्तान विश्वको सबैभन्दा अशान्त देशको सूचीमा पहिलो स्थानमा छ। अफगानिस्तानपछि यमन, सिरिया, रुस र दक्षिण सुडान सबैभन्दा समस्याग्रस्त मुलुक मानिन्छन्। थप जानकरीकालागि यहाँ किल्क गर्नुहाेस्