नुवाकोट। शुक्रबार गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्दधनमा नुवाकोटको बेलकोटगढीमा ‘धान दिवस तथा रोपाइँ महोत्सव–२०८०’ उल्लासमय रुपमा मनाएका छन ।
बेलकोटगढी फाँटमा स्थानिय किसानहरुले राज्य मन्त्री सुशीला सिर्पाली (ठकुरी) को उपस्थितिमा, पर्यटन सम्वद्ध संघ संस्था र पर्यटनकर्मीहरु सँग दहि र चिउरा र फलफुल खाए। हिलोमा खेलेर नाचगान गर्दै धान रोपेर धान दिवस भव्य रुपमा मनाए।
कर्ममा विश्वास गर्ने नेपाली किसानहरु मिहेनतले सुन फलाउछन, त्यसैको प्रतिविम्वको रुपमा हामीले आजको दिन विशेष रुपमा मनाउदै आएको राज्य मन्त्री सुशीला सिर्पाली(ठकुरी)ले बताइन।
‘कृषिमा राज्यले निति निर्माण वनाएपनि कार्यन्वयनमा थुप्रै समस्या रहेकोको किसानहरुले पर्याप्त लाभ लिन सकिरहेको छैन,’ उनले भनिन। कृषिलाई आधुनिकता तर्फ लग्दै कृषिलाई पर्यटनसँग जोडेर आन्तरिक तथा वाह्य पर्यटकलाई पर्वमा सहभागी गराउन सके पर्यटनद्वारा आम्दानी सँगसँगै भावि पुस्तालाई कृषिको महत्व बुझाउन मद्दत गर्ने उनको भनाई छ।
बेल्कोट नगरपालिकाका मेयर जगत वहादुर गुरुङले ‘समृद्व बेलकोटगढीको आधारः कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन सहितको पूर्वाधार’ नारा अन्तर्गत पर्यटन सम्वद्ध संघ संस्था र पर्यटन व्यवासायी मिलेर धान दिवस तथा रोपाइँ महोत्सव गरिएको वताए। ‘आगामी दिनमा हामी कृषि पर्यटनलाई थप जोड दिदै लैजानेछौ’, उनले भने।
त्यस्तै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ–नेपाल) का अध्यक्ष गोपाल थापाले परम्परादेखि जिविका पालन गर्ने पेशालाई धान दिवसको मनाउन पाएका खुशि व्यक्त गरेका छ। उनले भने, ‘यस पर्वलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा व्यापक रुपमा प्रचार प्रसार गर्न सके देशभित्र र वाहिरका पर्यटकहरुको ओइरो लाग्नेछ।’ यसलाई हातेमालो गर्ने भिटोफ नेपाल सदैव तत्पर रहेको समेत उनले वताए।
शुक्रबारगाउँ पर्यटन प्रवर्द्धन मञ्च, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ टान , नाटाका प्रतिनिधि लगायत पर्यटन व्यवासायीको टोलीलाई नुवाकोटको बेलकोटगढी–१२ स्थित वासुकी फाँटमा पुगेर स्थानिय किसानहरुसँग धान दिवस मनाए।
भिटोफ– नेपालले वर्षेनि विभिन्न गाउँमा पुगेर ग्रामिण पर्यटनको खोजविन र प्रवर्द्धन गर्दै आएको छ। गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल र बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्दधनमा कार्यक्रम गरिएको हो।
धान दिवसमा अमेरिकी, इज्राएली र इटालीका पर्यटकले बेलकोटगढी पुगेर महाेत्सवमा भर्पुर रमाएका थिए।
तस्बिरहरु: