नुवाकोट। नुवाकोट जिल्लाको ककनी गाउँपालिका ४ स्थित फुङफुङ झरनामा क्यानोनिङ मेला सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना,नेपाल क्यानोनिङ संघको प्राविधिक सहयोग र नेपाल पर्वतारोहण संघको सहयोगमा गत असार १० गते मेला सम्पन्न भएको हो।
-ink.jpeg)
काठमाण्डौदेखि करिव २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकिय गन्तब्य हो। सहासिक खेलमा रमाउन चाहनेहरुलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सनछहरे, ठुल छहरे, महभिर लगायतका झरनाहरुमा हप्तौदिनसम्म क्यानिङको मज्जा लिन सकिने छ।
ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले ‘समृद्ध ककनीको आधार, कृषि पर्यटन र दिगो पुर्वाधार’ भन्ने नारा अन्तर्गत पर्यटन क्षेत्रलाई प्रवर्दधन गर्न फुङफुङ झरना एक महत्वपुर्ण गन्तव्य रहेको वताए। ‘यो झरनाको अवलोकन संगसंगै क्यानोनिङको मज्जा लिन सकिन्छ,’ उनले भने, ‘क्यानोनिङ मेलाले यहाँको स्थानिय जनजिवन, लोकल परिकार र पर्यटन प्रवर्दधनमा सहयोग पुग्ने आशा लिएको छु। ’
-ink.jpeg)
त्यस्तै नेपाल पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र प्रसाद रिजालले क्यानोनिङ साहसिक खेल भएको बताउँदै पानीको छालसँगै डोरीको सहयोगमा तल झर्नुको रोमाञ्चक रहेको वताए।
‘क्यानोनिङ खेलमा सहभागि भए पछि उनले भने नडराउने र नआत्तिने हो भने वडा मज्जा हुने रहेछ’ उनले आफ्नो संक्षिप्त अनुभव वाडेका थिए। साथै उनले यो खेल पर्यटनको लागि अत्यन्तै महत्वपुर्ण रहेको बताउँदै खेलले आनन्द सँगसँगै स्वस्थ रहन जिवनसँग लड्ने सहास समेत दिने बताए। ‘आजको यस क्यानोनिङ मेला यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सबति हुने छ,।’ उनले भने।
ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यान्यनिङ संघका अध्यक्ष राजेन्द्र लामाले वताए।
-ink.jpeg)
पछिल्लो समय ककनी साहासिक पर्यटकिय गन्तब्यको केन्द्रको रुपमा विकासित हुदैछ। यहाँ लोकल उत्पादन जस्तै ट्राउट् माछा, स्ट्रवेरी, हरियो सागसब्जी प्रसस्त उब्जनी हुन्छ। पर्यटकहरुले स्थानिय लोकल परिकार मज्जा लिँदै अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङताङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौ हिमालको अवलोकन पनि गर्न सक्छन।
मेलामा स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघका प्रतिनिधि, पर्यटन व्यवसायी र स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति थिए।
सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीय लगायत पर्वतीय पर्यटनमा कार्यरत पथ प्रदर्शक २५ जना युवा–युवतीको समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम लिएका थिए।
तस्बिरहरूः
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)


सम्बन्धित समचारः ककनीमा असार १० गते क्यानोनिङ मेला