पताले। ‘ए छोरा छोरी हो लु के खाने होरु सु चिया खाने हो त,’ नाकमा फुलि होचि– होचि गहुँगोरी अन्दाजी ५० बर्ष जति रहेको आमाले, त्यसो भन्दा सबैको ध्यान केन्द्रीकृत त्यतै भएको थियो। लगभग धेरैले एकै स्वरमा हुन्छ–हुन्छ आमा खाने हो भन्न भ्याए र मगाए।
लगभग बिहान ८ बजेको समय भएको थियो त्यो बेला। आमाले लु सु चिया भनेर टेबल राख्दा घ्युको मग–मग बास्नाले सबैलाई पिउन हतार बनाई रहेको थियो। प्राय साथीहरूले थपी थपी खाए सु चिया । अघिल्लो राति सबैको निन्द्रा, खासमा एलिना चौहानको स्वरको गित “धोकेबाज हौ तिमि धोकेबाज हौ” भन्नेमा टिकटक बनाउनले लगभग दुई बजाएको थियो । आमाको मायाले दिएको सु चियाले सोलुखुम्बु सोलु दूधकुण्ड नगरपालिकाको पतालेमा हामी सबैलाई फुर्तिलो बनाइदियो।
हिमाली होम स्टेका मगर दाइ हातले देखाउँदै अलि छायाँ परेको भन्दा अलि पछाडिको हिमाल सगरमाथा बनेर देखाउँदा हामी सबैले एकै चोटि वाह भन्न पुगेछौँ। सगरमाथा हिमाललाई नजिक पार्दै फोटो सेसन त चली हाल्यो।
नजिक बाट सगरमाथालाई हेर्न पाउँदा चिसो चिसो हावाको सिरेटोले नि खासै छोईरहेको थिएन बरु मन उमङ्गित भई रहेको थियो। सगरमाथालाई अभिभावक मानेर उसैको काखतिर लुट्पुटिँदै बसेका अरू लोत्से, मकालु, कञ्चनजंघा, च्छो वयु, गौरीशंकर जस्ता दर्जनौँ हिमालहरू लामबद्ध नै देखिने ठाउँ पताले काठमाडौँ शहरबाट २ सय ४० कि।मि टाढा रहेको छ। ओखलढुंगा सदरमुकामबाट जम्मा २४ कि.मी को दुरिमा रहेको छ।
गाडीको लागि बाटो राम्रो छ। समुन्द्री सतहबाट लगभग २ हजार ८ सउ ८५ मि को उचाइमा रहेको पताले डाँडा सोलु सल्लेरि, पिके जाने बाटोमा पर्छ। धेरै पदयात्रीहरू त्यहाँ बास बसि जाने गरेका रहेछन्। हिउँ पर्दा हिउँ खेल्न धेरै आन्तरिक पर्यटक आउने पतालेडाँडामा अझै प्रचारात्मक र प्रर्वद्धनात्मक कार्यक्रमहरू गर्न पाए पर्यटकीय क्षेत्रमा छलाङ मार्नेछ। यहाँ गुराँस फुल्ने समयमा धेरै थरिका गुराँसहरू फुल्ने रहेछन्।
सबैतिरबाट गुराँसफुलहरूले पतालेडाँडालाई ढक्मक्क छोप्दा पतालेडाँडाको दृश्य सुन्दरमय हुनेकुरा २५ वर्ष अगाडिदेखि होटल खोली सेवा गरि रहेका स्थानीय हिमाली होम स्टेका सञ्चालक दाइ गङ्गा मगरले जानकार गराउनु भयो। विशेष त मगर, शेर्पा, राई जाति रहेको यस ठाउँमा सबै मिलेर बसोबास गरिरहेका छन्। हाललाई १०, १२ वटा होटल छन भने अब धेरै होटलहरू थपिने तयारीमा छ। लेकको स्वादिष्ट खाना खाजा पतालेमा मज्जाले पाइन्छ ।
मगरनि आमाले पकाएको मिठो थुक्पा हाम्रो टोलीले सधैं कुरा गर्ने गरेको पाइन्छ। चोखो मन र मायाले पाहुनालाई स्वागत गर्ने यस ठाउँले तपाईं हामीलाई सधैँ पर्खिरहेको छ।
पतालेमा सत्ययुगमा गाईले उतारेको देउता गौरी टापु छ, जहाँ गाई बाघका पाइलाहरू देख्न पाईन्छ। गौरीटापुमा दर्शन गर्नाले स्वस्थ हुने, रोग कष्ट नलाग्ने किंवदन्ती पाइएको छ। त्यसैले पताले धार्मिक पर्यटनका हिसाबले पनि सुन्दर ठाउँ हो। सगरमाथालाई नजिकैबाट नियालेर माया पिरती गास्न पताले एकदम सुन्दर ठाउँ रहेको छ। आजकालको मौसम छल्न पताले उत्कृष्ट गन्तव्य रहेको छ। गङ्गा मगर – ९८६०५२५९५५, ९८६७५५९२८० (मुना होटल एण्ड लज)
तस्बिरहरु:
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)