काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका– ४ स्थित फुङफुङ्गे झरनामा यहि असार १० गते आइतबार क्यानोनिङ मेला हुने भएको छ।
काठमाण्डौदेखि करिव २८ किमी दुरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकिय गन्तब्य फुङफुङ्गे झरनामा नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह–आयोजनामा कार्यक्रम हुन लागिएको हो।
असार ३ देखि १० गतेसम्म स्थानिय लगायत पर्वतिय पर्यटनमा कार्यरत पथप्रदर्शकरुको २५ जना युवा–युवतिका समुहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन। तालिम लगत्तै १० गते क्यानोनिङ महोत्सव कार्यक्रम हुने आयोजकले बताएको छ।
ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा वाह्य पर्यटकको लागि उपयुक्त स्थल रहेको नेपाल क्यान्यनिङ संघका अध्यक्ष राजेन्द्र लामाले वताए।
सहासिक खेल मन पराउनेहरुलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सनछहरे, ठुल छहरे, महभिर लगायतका झरनाहरुमा हप्तौदिनसम्म क्यानिङको मज्जा लिन सकिने समेत उनले जनाकारी गराए।
पछिल्लो समय ककनी साहासिक पर्यटकिय गन्तवयको रुपमा विकासित हुदैछ आएको छ। यहाँबाछ स्थानीय परिकारहरुको मज्जा लिदैँ अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङताङ, जुगल, दोर्जेलाक्पा लगायत दर्जनौ हिमालको अवलोकन पनि गर्न सक्छन।
के हो क्यानोनिङ ?
क्यानोनिङ एक सहासकि खेल ‘एड्भेन्चर स्पोर्टस’ हो, जसलाई तालिम प्राप्त अनुभवि व्यवासायिक गाइड र उपुयुक्त सुरक्षित उपकरणहरुको आवश्यक पर्दछ।
क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिदै खेलिने साहसिक खेल हो। यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ। गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ। नेपालमा झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ।
क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसको लागि विशेष पोशाक र जुत्ता लगाईन्छ। हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गर्दछ। फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ।
खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिझ्दै रमाईलो गर्न क्यानोनर आफैंले ब्रेक लगाउन सक्छ।
क्यानोनिङ गर्नु अघि गाइडहरुद्वारा कसरी खेल्ने भनेर सिकाउछन। जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, सुरुमा केहि डर हुन्छ, विस्तारै आत्मविश्वास बढ्छ। रोमाञ्चक अनुभूति मिल्दछ। फेदमा पुगेपछि सफलता हासिल गरेकोले चरम आनन्दको महुसुस हुन्छ।
नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका , युरोप र एसियाका विभिन्न देशमा यो खेललाई ‘एडभेन्चर हिलिङु ’ का रुपमा प्रवर्धन गरिएको छ। ‘क्यानोनिङले तनावबाट मुक्ति, आत्माविश्वास वढाउछ र पानीको बहाबले आनन्द मिल्छ’ उनले भने।
एनसिएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ। काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लम्जुङको मर्स्याङदी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकका भोटेकोसी, धनकुटाको नमस्ते झरना, चितवानको जलजले, ओखलढुंगाको पकवली , धादिङको थाक्रे, लगायतका झरनाहरुमा सम्भाव्यता अध्ययन गरिसकेको छ। त्यस बाहेक स्याङ्जा, पर्वत , मनाङ, र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उनी बताउँछन।
झरनैझरनाको देश नेपालमा क्यानोनिङ ’छाँगावरोहण’ खेलको प्रचुर सम्भावना रहेको लामा वताउछन। क्यानोनिङको विकास गर्न सके नेपालको गाउँगाउँमा पर्यटनको माध्यमद्वारा युवाहरुलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ।