काठमाडौं। भोजपुरका गायक तथा लेखक श्याम सामसोहाङ राईको संस्मराणात्मक कृति ‘मुन्दुम ट्रेल’ लोकार्पण गरिएकाे छ।
शनिवार राजधानीको थापा गाउँस्थित मण्डला नाटकघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किरातीले प्रमुख अतिथ्यमा लोकार्पण गरिएको हो।
कार्यक्रममा मन्त्री सुदन किरातीले बाल्यकलदेखि आफ्नो गाउँदेखी देखिने सुन्दर हिमाल, टेम्के डाँडा, त्यो सँगै जोडिएका थुम्को, गाउँ वस्ति, चरण क्षेत्र सहित मुन्दुम संस्कृतिलाई कितावमा लिपिवद्द गरेकोमा लेखकालाई आभार तथा धन्यवाद प्रकट गरेका थिए। ‘यो एउटा ऐतिहासिक दस्तावेजिकरण कार्य भएको छ। यसले भावी पुस्तालाई आकर्शक पर्यटकिय गन्तव्यको स्वादसँगै किराती संस्कृति, सभ्यता र इतिहासलाई जिवित राख्ने काम गरेको छ,’ मन्त्री किरातीले भने।
त्यस्तै साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राज मुकारुङले लेखक साम्सोहाङ राईले २० वर्षपछि ठुलो सर्प्राइज दिएको बताए। ‘पुस्तकले मलाई तान्यो, मुन्दुमी शैलीमा कथा लेखिएको रहेछ, गज्जवको पुस्तकको लागी धन्यवाद श्याम भाई’, उनले थपे।
पत्रकार तथा अख्यानकार भानु बोखिमले पुस्तकमा लेखकले उनको जिवन संघर्ष, मर्म र उद्देश्य उत्कृष्ट तरिकाले चित्रण गरेको बताए।
पुस्तकमा भोजपुर र खोटाङको सिमानामा पर्ने पर्यटकिय गन्तव्य मुन्दुम पदमार्गको निर्माण र विकाससँग जोडिएको संस्मराणात्क कृतिको रुपमा प्रकाशन गरिएको लेखक सामसोहाङले बताए।
संस्मरणमा मुन्दुम ट्रेलको परिकल्पना र विकास गर्दा भोगेका तिता मिठा अनुभव र अनुभुति समेटिएको छ।
भोजपुरको तिम्मामा जन्मे हुर्केका श्याम सामसोहाङ राई सानै उमेरदेखि गित संगितमा रुचि राख्थे। करिव एक दसक अघि देखि उनि आफ्नो थाक थलो र सेरोफेरोमा पर्यटनको सपना देख्न थाले। त्यहि सपना पछ्याउदै उनले कैयौं दिन कैयौं रात त्यहि डाडाँ काडामा विताए। अन्तत मुन्दुम ट्रेलको स्थापना भइ नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ को घुम्नै पर्ने सय गन्तव्यमा पर्न सफल पनि भयो।
पुस्तकमा पदमार्ग सहित किरात मुन्दुमी मिथकहरु जानकारी समावेश गरिएको छ। पूर्वी नेपालमा वसोबास गर्ने किराती समुदायको मौलिक संस्कार संस्कृती विश्वमा पृथक रहेकोले यसलाई प्रकृतिसँग अन्तरघुलन गर्दै पर्यटकलाई आकर्षण गर्नु मुन्दुम ट्रेलको मुल उद्देश्य रहेको मुन्दुम ट्रेलका अभियान्ता समेत रहेको लेखक सामशोहाङ राईको भनाई रहेको छ।