काठमाडौं। नेपालको स्विट्जरल्याण्ड उपनामले परिचित दोलखाको जिल्लास्थित जिरीको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबारदेखी बुलेट यात्रा निसिकएको समूहलाइ भब्य स्वागत गरिएको छ।
शुक्रबार राजधानीबाट यात्रा शुरु गरेकाे समूहलाई गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, जिरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष आङपासाङ शेर्पा, शिवालय युवा क्लबका अध्यक्ष पुरुषोत्म बस्नेत, स्टोन पार्क रिभरसाइड रिर्साेटका सञ्चालक सुर्य बस्नेत लगायत स्थानीय बासिन्दाहरुले भब्य स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष उषा कार्कीले यस्तो खालका यात्राले जिल्लाको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने बताउँदै यस्ता किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह समेत गरेकी थिइन्।
त्यस्तै, बुलेट यात्रामा सहभागी यात्रीहरुलाई आफ्नो स्थानमा स्वागत गर्न पाएकामा जिरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष आङपासाङ शेर्पाले खुसी व्यक्त गरेका थिए।
नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रबर्द्धन मञ्च नेपालको सहयोगमा ३ दिने ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने नारा सहित बुलेट यात्रा शुक्रबार (आज) काठमाडौंबाट शुरु भएको थियो।
काठमाण्डुदेखि जिरीसम्मको ३ दिन २ रातको बुलेट बाइक यात्रामा २ दर्जन राइडरहरु काठमाण्डौदेखि यात्रामा निस्केका छन्।
राइडरहरु तिनकुनेबाट धुलिखेल, दोलालघाट, खाडी चौर, खरिढुंगा, चरिकोट, तामाकोसी, खावा हुँदै जिरीको विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन्।
तस्बिरहरू:


.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)