काठमाण्डौ। काठमाण्डौको खुलामञ्चमा मगर समुदायले भूमे/भूम्या पर्व धुमधामले मनाएका छन।
नेपाल मगर संघ केन्द्रीय कमिटीको आयोजनामा विभिन्न मगर समुदायका बिभिन्न भातृ संगठन र संस्थाले झाँकी सहित माइतिघर मण्डलाबाट सुरु भएको र्याली सहिद गेट हुँदै खुलामञ्चमा पुगेर भूमिको पुजा गरेर औपचारीक रुपमा शुभराम्भ गरिएको थियो।
मगर समुदायले भूमे/भूम्या पर्वलाई परापुर्व कालदेखि प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृतिको पुजा गरेर हप्ता दिनसम्म रोल्पा, रुकुम र वाग्लुङका मगर गाउँवस्तीमा हर्षोल्लासको साथ मनाउने गर्दछन्।
पर्वमा मगर समुदायको मौलिक पहिचान बोकेको भूमे नाच र उनिहरुको जातिय पोशाकमा सजिने, चेलीबेटीलाई मिठो खाना खूवाउने र ईस्ट मित्र बीच खुसियाली साटासाट गर्दछन्।
मगर महिलाहरु आफ्नो भेषभुषामा गुन्यौँ चोली, पटुका र पछ्यौरामा सजिएर भूमे पर्व मनाउन भेला भएका थिए भने पुरुषहरु फेटा, ढाका टोपीसँगै कम्बरमा खुकुरी भिरेर मगर समुदायको संस्कृतिक भूमे नाच प्रर्दशन गर्दै र्यारलीमा सहभागी भएका थिए।
परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका बासिन्दा मगर तथा दलित समूदायहरुले हर्षोल्लासको साथ ५ दिन देखि हप्ता दिन सम्म पर्व धुमधामले मनाउने चलन छ।
भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ। अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आएको नेपाल मगर संघका उपाध्यक्ष तथा सांस्कृतिक अध्येता जिवन रोका मगरले वताए।
यसको साथै जनगणना गरिने र प्रशासनिक कामको लेखा जोखा र नयाँ वर्षको योजना समेत गर्ने प्रचलन रहेको उनले वताए। यो पर्वलाई आदिवासी मगर समुदायले नयाँ वर्षको रुपमा पनि लिईने गरिएको छ।
गाउँ घरमा नजिकको लेकमा जेठ मशान्तमा वुकि फुल तिपेर गाउँमा ल्याएर एक अर्कालाई सिउरिदिएर र खुशि साट्ने गरिन्छ। राजधानीमा पनि सांकेतिक रुपमा नजिकै उम्रेको फुल टिपेर एक आपसमा लगाएर सिमे भूमीको पुजा गरि औपचारीक रुपमा भूमे पर्वको शुभराम्भ गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले मगरहरुको मौलिख चाड भूमे पर्वको शुभाकामना दिएका थिए। त्यस्तै उपसभामुख ईन्दिरा राना मगर, पर्यटन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरी, पूर्व मन्त्रीहरु, प्रतिनिधि सभा सदस्य ईश्वरी जिएम, मगर समुदायका अगुवा लगायतले भूमे पर्वको उपलक्षमा शुभकामना दिदै खुशि साटासाट समेत गरेका थिए।
राजधानीको खुलामञ्चमा असार १ देखि ३ गते सम्म ३ दिन भूमे पर्व धुमधामले मनाइने कार्यक्रम रहेको आयोजक नेपाल मगर संघ केन्द्रिय कमिटीले जनाएको छ।
तस्बिरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)