काठमाडौं। नेपालको स्विट्जरल्याण्ड उपनामले परिचित दोलखाको जिल्लास्थित जिरीको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बुलेट यात्रा शुरु गरिएको छ।
नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रबर्द्धन मञ्च नेपालको सहयोगमा ३ दिने ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने नारा सहित बुलेट यात्रा शुक्रबार (आज) काठमाडौंबाट शुरु भएको हो।
काठमाण्डुदेखि जिरीसम्मको ३ दिन २ रातको बुलेट बाइक यात्रामा २ दर्जन राइडरहरु काठमाण्डौदेखि यात्रामा निस्केका छन्।
जिल्लाको पर्यटन प्रर्वद्धन गर्न १ सय ८८ किमी दूरीमा रहेको दोलखाको जिरी बुलेट बाइक यात्रा गरिएको आयोजक नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले बताए।
‘यसअघि हामीले नेपालको बिभिन्न पर्यटकीय क्षेत्र जस्तै रारा र अपर मुस्ताङ लोमान्थाङ लगायत ठाउँको बाइक यात्रा गरेका थियौं,’ उनले भने,’ कोरोना महामारीले बिचमा बाइक टुर स्थगित गरेका थियौ, जिरी बाइक टुरबाट हाम्रो अभियान फेरी सुचारु गरेका छौं।
त्यस्तै, बाइक टुरका सहयोगी संस्थाका अध्यक्ष तथा पर्यटनकर्मी लिलाराम खड्काले यस अभियान पर्यटन प्रर्वद्धनका निम्ति कोशेढुंगा साबित हुने बताए।
राइडरहरु तिनकुनेबाट धुलिखेल, दोलालघाट, खाडी चौर, खरिढुंगा, चरिकोट, तामाकोसी, खावा हुँदै जिरीको विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन्।
तस्बिरहरू:
.jpeg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpeg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)