यही असार ३ देखि ८ सम्म नेपाल नेटवर्क अपरेटर्स ग्रुप ९एनपीनग० ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ। एनपी नग (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र १ दिने सम्मेलन कार्यशाला काठमाडौंको होटल रोयल सिङ्घी र होटल एलफ्ट हुनेछ।
कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ। इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन्। जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन्।
एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्ने धारणा वताए। ‘कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,’ निर्देशक श्रेष्ठले भने।
एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम काठ्माण्डौं र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका बताए।
अध्यक्ष जनले थप्दै भने, ‘देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने छ।’
कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन्। उक्त तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।
रजिस्ट्रेसन शुल्क यस प्रकार छः
सम्मेलन मात्रैः पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर)
कार्यशाला मात्रैः रू १७ हजार ( विदेशीको लागी १५० डलर)
कार्यशाला र सम्मेलन दुवैः रू २० हजार (विदेशीको हकमा २०० डलर)
कार्यक्रममा सहभागी हुन इच्छुकले तलको लिङ्क मार्फ रजिस्ट्रेसन गर्न सक्नेछन्।
Registration | npNOG8