रुकुम (पूर्व)। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको भूमेमा ‘पाँचौ गुरिल्ला अल्ट्रा म्याराथन २०८०’ प्रतियोगिता हुने भएको छ। भूमे र थबाङ गाउँपालिकाको भाग समेटेर यस बर्ष पनि असार २ गते पाचौं गुरिल्ला म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले आयोजना गरिने भएको हो।
तत्कालिन माओवादीले बि।सं। २०५२ सालदेखि १० बर्ष संञ्चालन गरेको सशस्त्र युद्धताका युद्धमा गुरिल्लाहरुले हिँडेको गोरेटो, वंकर, तालिम र सेल्टर लिएका सुन्दर गाउँ वस्तीहरु समेटर दुई जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
अघिल्लो गाँउपालिका नेतृत्वले प्रायोजन गरिएको गुरिल्ला म्याराथनलाई निरन्तरता दिइरहेका भूमे गाउँपालिका अध्यक्ष होम प्रकास श्रेष्ठले वताए। ‘गुरिल्ला म्याराथन डौड देश विदेशमा समेत चर्चा कमाएको छ , यसलाई आगामी वर्षहरुमा पनि गाउँपालिकाले निरन्तरता दिनेछु’ उनले भने।

रुकुम (पूर्व) को महत गाउँबाट सुरु हुने डौंड ,लाबाङ , रोल्पाको घामचिन, धङनेई, जलजला , चलाबाङ, थबाङ , मारीङ हुदै खावाङ बजार छिचोलेर ५० किलोमिटर लामो दुरीको हुनेछ। त्यस्तै १० किमी फन रन अन्तर्गत महतगाउँबाट सुरु भई सेवङ्पो ,खाबाङ तिला, मारीङ , खाबाङ गाउँ हुदै खाबाङ बजारमा टुंगिने छ।
'म्याराथन खेलले यो क्षेत्रलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ। ‘पालिकाबाट प्रत्येक वर्ष वजेट विनियोजन गरेर खेललाई ब्राण्डिङ गरेका छौ जसमा कार्यपालिका सदस्यहरु र स्थानीय युवाहरुको प्रमुख भुमिका रहेको छ,’ भूमे गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्र सिं श्रेष्ठले जानकारी गराए । २०७४ मा सहासिक खेल पर्यटनलाई प्रवर्दधन गर्ने उद्वेश्यले गुरिल्ला ट्रेल रेस पहिलो पटक सुरु गरेको म्याराथनका संस्थापक तथा अभियन्ता सुनिल रोका मगरले बताए।
स्थानिय संस्कृति , जनजिवन, भुगोलका साथै युद्व पर्यटनलाई विकास र विस्तार गर्दै तत्कालिन जनयुद्धको ऐतिहासिकलाई प्रचार–प्रसार गर्न र जिल्लाको पर्यटन प्रवद्धन गर्ने लक्ष्य अनुरुप प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ।
यो वर्ष ५२ किमी र १० किमीको दुइ विधामा महिला र पुरुषतर्फ म्याराथन प्रतियोगिता हुनेछ।
५२ किमीको अल्ट्रा म्याराथनका प्रथम , दोस्रो , तेस्रो र चौथौं विजेतालाई क्रमश रु ५० हजार ३५ हजार , १५ हजार र ८ हजार पुरस्कार राशि राखिएको छ। त्यस्तै पाचौ देखि दशौलाई रु ५ हजार सहित दशौं स्थान हासिले गर्ने विजेतालाई ट्रफि, मेडल र सम्पुर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिने आयोजकले बताए।
१० किमी फन रेस तर्फको विजेतालाई क्रमश रू १० हजार, ७ हजार ५ सय , ५ हजार र २५ सय राखिएको छ भने, पाँचौ देखि दसौसम्म हुनेलाई रू १ हजार नगद , मेडल र प्रमाण पत्र दिइनेछ। पुरुष र महिला तर्फ पुरस्कार राशी वरावार राखिएको छ।
म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाको आयोजना रहने छ। उक्त प्रतियोगिताको रजिष्ट्रेशन शुल्क रु रू ५०० राखिएको छ। प्रतियोगितामा सहभागी हुन दर्ता खुल्ला गरिएको छ र अन्तिम दर्ता गर्ने मिती २०८० असार १ गते साँझ ६ बजे सम्म तोकिएको छ।
अन्य जानकारीको लागि सम्पर्कः
निश्मत सेर्पाली – ९८६८६४८१८६, शक्ति रोका – ९७४५९५७९२