दमौली। गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनमा शुक्रबारदेखि सुरु भएको दोस्रो साहित्य सम्मेलन समापन भएको छ। व्यास नगरपालिका वार्ड– ४ , दमौली वजारमा आयोजित सम्मेलनमा ७ प्रदेशका कवि लेखकहरु सहभागी भएका छन। साथै कार्यक्रममा ९ जना कविहरुलाई पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरेका थिए।
सोहि अवसरमा मजदुर कवि ईन्द्र राना (प्रतिक) लाई ‘खुमपार्वति कलासाहित्य पुरस्कार–२०८०’ द्वारा सम्मानति गरिएको थियो। पुरस्कार संस्थापकका माता पार्वती अधिकारी र वरिष्ठ साहित्यकार सरुभक्तले संयुक्त रुपमा पुरस्कार राशी १० हजार र सम्मान पत्र हस्तान्तरण गरेका थिए।
संस्थापक साहित्यकार सागर उदासले माता पिताको सम्मानमा राखिएको पुरस्कार वर्षेनी कला साहित्य र संगितका क्षेत्रमा योगदान पुर्याउनेलाई दिइने वताए।
कार्यक्रममा कवि चिनवहादुर कुमाल, गलजकार प्रतिप रोदन, कवि भुपिन, अमृत क्षेत्री , ईश्वर मनि अधिकारी , लक्षमण थापा, मेघराज आचर्य लगायत दर्जनौं स्रष्टाहरुले आ(आफ्ना रचना सुनाएका थिए।
कार्यक्रममका मुल आयोजक गण्डकी वाङ्मय प्रतिष्ठाम थियो भने सह–आयोजक भानु जन्मस्थल विकास समिति, चुँदी, शुक्ला साहित्य संगम, दुलेगौडा, आवु खैरेनी लिलिग साहित्य प्रतिष्ठान, गोरखा, गिताल प्रतिष्ठान नाटक मञ्च, तनहुँ, डुम्रे सास्कृतिक परिवार, डुम्रे, म्याग्दे साहित्य समाज, म्याग्दे , मयाग्दे साहित्य सामाज, र सेती काली साहित्य समाज, तनहुँ रहेका थिए।
कविता प्रतियोगिताको संयोजन वरिष्ठ कवि रमेश पौडेलले गरेका थिए। त्यस्तै निर्णायक मण्डलमा वरिष्ठ कवि श्रवण मुकारुङ , कवि प्रभा भट्टराई, भूपिन रहेका थिए।
कार्यक्रमलाई तनहु जिल्लाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र लमजुङका मध्यनेपाल नगरपालिका रहेका छन तथा सहकार्य सलिका इन्स्योरेन्स कम्पनी लगायतले सहयोग गरेका थिए।
