दमौली। तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ।
’भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुुुुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन्। मुलकभरिबाट प्राप्त दुई सय ३७ कविताबाट निर्णायक मण्डलले पुरस्कृत कविता छनोट गरेको हो। .jpeg)
प्रतियोगितामा सिराहाका कवि अविनाश भट्टराई पहिलो, सं खुवासभाका कवि सिजन श्रेष्ठ दोस्रो, झापाका कवि केशव भट्राई तेस्रो भए। उनीहरुलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरियो। त्यसैगरि अन्य ६ जना सान्त्वनास्वरुप जनही १० हजार रुपैयाँसहित सम्मानित भएका छन्।
यसरी सान्त्वना पुरस्कार पाउनेमा तनहुँका प्रकाश रम्घाली, विराटनगरकी पूजा आराधना, रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, सिन्धुपाल्चोकका सुन्दर शिरीष र गोरखाका भरतबाबु ढकाल छन्।
.jpeg)
कविता मुल्याङ्कन समितिको संयोजन कवि रमेश पौडेलले गरेका थिए भने निर्णायकमा कविहरु श्रवण मुकारुङ, प्रभा भट्टराइै र भूपिन व्याकुल थिए।
कार्यक्रममा प्रतियोगितामा छानिएका उत्कृष्ट ६५ ओटा कविताहरु समेटिएको स्मारिका पनि विमोचन गरिएको थियो। प्रमुख अतिथि सरुभक्त, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष सागर उदास र सांस्कृतिक अध्येता काशीनाथ न्यौपानेसहितको समूहले स्मारिका विमोचन गरेका हुन्। प्रतिष्ठानकी सचिव अन्जु दाहालले रोचक ढंगमा सञ्चालन गरेको कार्यक्रममा पुरस्कृतका साथै अन्य कविले आआफ्ना कविता सुनाएका थिए।
.jpeg)
कार्यक्रममा मुलुकका सातै प्रदेशका चर्चित कवि, लेखक तथा पत्रकारको सहभागिता छ। प्रतिष्ठानले यस अघि वि.सं. २०५३ फागुनमा पहिलो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो। ‘कविता कर्ममा लागेका युवाको उत्साह बढाउन र’, प्रतिष्ठानका अध्यक्ष सागर उदास भन्छन्, ‘साहित्यिक उन्नयन र साहित्यिक पर्यटन प्रवर्द्धन गर्न हामीले साहित्य सम्मेलन आयोजना गरेका हौं।’
तस्बिरहरु:
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)