डोल्पा। यात्रा जस्तो सुकै कठिनाइ भए पनि गन्तव्य पुग्दा भने सन्तुष्ट हुने गर्दछ, आनन्द हुन्छ। यहीँ सन्तुष्टिको निम्ति दिमागमा बसेको गहिरो छाप र मनमा दिनहुँ बढेको कौल्तुहल्तालाई मेटाउन शुरु गरेको हाम्रो यात्रा हो शे-फोक्सुन्डोको यात्रा।
जेष्ठ महिनाको पहिलो हप्ता २ गते रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोट स्थित सुनिल दाईको होटल लेक सिटीबाटबाट सुरु भएको थियो हाम्रो फोक्सुन्डो यात्रा। त्यस दिन विहान सवेरै ९:३० बजेतिर खाना खाएर यात्राको तयारीमा लाग्यौं। हाम्रो यात्रा रुकुमकोट बजारलाई छिचोल्दै अगाडि बाईकमा चढेर सुरु गर्यौं। मध्य-पहाडी लोकमार्गको सडक पछ्याउदै रुकुम पश्चिमको रिम्ना पुग्यौं।
त्यसपछि ठूलो भेरी नदीको झोलुङ्गे पुल पार गर्दै उत्तर तर्फ यात्रा भेरी नदिको किनारै किनार वाईकमा हुईकियौं। विभिन्न सुन्दर रमणिय दृश्य अवलोकन गर्दै बल्लतल्ल दिउँसोको १२ स्३० बजेतिर जाजरकोटको तल्लु बगर पुग्यौं।
बाइक यात्राले थकान ज्यानलाई एकछिन थकाई मार्दै चिसो पानी पिएर मेटाईयो। यहाँ झण्डै २ घण्टा बित्यो। त्यसपछि हाम्रो वाइक यात्रा पुनःअगाडि बढ्यो। त्रिवेणी, त्रिपुराकोट हुँदै साँझको ६ बजे सुलिगाढ पगेका थियौं। यहाँसम्मको मोटरसाइकल यात्रा साच्चिकै साहसिक अनि रमाइलो भयो। दायाँ र बायाँ अग्ला अग्ला पहाडका खोंचहरु बीचमा कलकल बगिरहेको भेरी नदी , चारै तिर हिमाली दृशयले साच्चिकै मन्त्रमुग्ध बनाएको थियो।
सुलिगाढ अन्तिम वाइक यात्रा। त्यहाँबाट सुरु हुन्छ पैदल यात्रा( शे(फोक्सुण्डो नदीको किनारै किनार। सुलिगाढ्मा मोटरसाइकल पार्किङ् गरि भेरी नदीलाई पार गर्दै शे(फोक्सुण्डो राष्टिय निकुञ्जको कार्यलयमा इन्ट्री पश्चात अगाडि वढ्यो हाम्रो यात्रा। त्यहाँ नजिकैको एउटा होटलमा चाउचाउ खाएर र अगाडि बढ्न थाल्यौं। थोरै अगाडि बढेको मात्र के थियो घोरालहरु देख्न पाइयो। त्यसरी आफ्नै आँखा अगाडि जंगली जनावर देख्न पाउँदा खुसीको सीमा रहेन। अगाडि बढ्दै जादा कागेनि ठाउँ आइपुग्दा साँझ परेको थियो।
त्यहाँबाट स्थानियलाई अगाडिको ठाँउ सोध्यौ, साङ्टा भन्ने ठाउँ एक घण्टा लाग्ने वताए। हाम्रो लक्ष्य साङता पुग्नु पर्छ भनेर अगाडि बढ्दै गयौं र कागेनीबाट करिब आधा घण्टा जति हिड्दा रात पर्यो। टर्च लाईट बाल्दै हामी वेलुकी ८:३५ तिर साङ्ता पुगियो। एउटा मात्र होटल रहेको त्यहाँ हामी त्यहाँ पुग्दा होटलको आमाहरु खाना खाएर सुत्न तरखर गरेको रहेछ। दयालु होटल सञ्चालकले हामीलाई खाना बनाईदिनु भयो। खाना खाएर त्यस रात त्यही बास बस्यौं।
बिहानीको भोलि पल्ट झिस्मिसे उज्यालोमा चराचुरुङ्गीहरु चिरबिर-चिरबिर गर्दै थियो। अहा१ विहानी मौसम क्या आनन्दमय वातावरण। चिया बिस्कुट खाएर होटलको आमाहरुसँग बिदा माग्दै हामी ६:३० बजेतिर अगाडिको यात्रा सुरु गर्यौं। कल कल बगिरहेको फोक्सुन्डो नदि, अग्ला अग्ला धुपिका रुखहरु, ठाँउ ठाँउमा खोला तर्न बनाएका काठका मौलिक पुल र चरा चुरुङ्गीको आवाजसङ्गै हाम्रो यात्रा छुट्टै आनन्दमय तरिकाले अघि बढ्दै गयो।
हिड्दै जाँदा जति उचाई बढ्दै थियो उति नै धड्कनको वेग पनि बढ्दै गएको थियो। यस्तो बेला गोरेटोहरुमा मिलनसार साथीहरु पनि भेटिए। कतै अपरिचित बटुवा जस्तै त कतै दुश्मन जस्तै। उतिबेला मनमा निरासा पनि छाउथ्यो तर पनि हामीलाई हाम्रो गन्तव्य पुग्नु नै थियो, जसले यात्रा अगाडी वढ्नलाई उर्जा दिन्थ्यो। जुन हजारौं बर्षदेखि जमेर बसेको हिउँ ग्ल्यासियर जस्तै थियो।
छेप्का हुँदै हामी करिव १०:२० तिर रेचि भन्ने ठाउँमा गुरुङ् दाईको होटलमा कोदोको रोटी र आलुको तरकारी सहित मुलाको अचार मिठो मानेर खायौं। सवै परिकार लोकल र अर्गानिक थियो। हामी त्यहाँ बाट करिव एक घण्टा जति आराम गरेर सुनिल दाईले समयमा पुग्नु पर्छ भन्दै जाउँ भने पछि अगाडि बढ्यौं।
रेचीबाट झरना होटल हुँदै जब शे-फोक्सुण्डो झरना आयो तब हामरो मन एकछिन भए पनि झुमेर र नाच्न थाल्यो। त्यहाँदेखि करिव २० मिनेटमा शे-फोक्सुण्डो ताल पुगियो।
हाँसी-हाँसी स्वागत गरिरहेको थियो समतल ताल।
करिब ३ बजे तिर हामी रिंग्मो गाउँ पुग्यो। हामी त्यहाँ पुग्दा मौसम बिग्रिएको थियो। हामी यहाँको वडा अध्यक्ष होटलमा बास बस्ने निधो गरेर र त्यही आराम गरियो।
१ रात २ दिनको बसाईमा हामीले रिंग्मो गाउँ पुरै घुम्यौं। सुर्यको ईच्छानुसार फेरिने शे(फोक्सुण्डोको फरक फरक रङ्ग मज्जाले नियाल्यौं। भ्यु पोइन्ट जाँदै गर्दा एरिक भ्यालीले सुटिङ भएको ठाँउहरुमा हामीले पनि पाईला टेक्यौं।
दोस्रो भ्यु पोइन्ट्देखि ९५५ फोक्सुन्दो ताल देखिने रहेछ। हामी खुसीले उन्मात हुदै फोटो र भिडियो खिच्दै हामी फोक्सुन्डो नियाल्दै करिव १ घण्टा जति त्यही बितायौं। जति हेरे पनि हेरी हेरु लाग्ने, फोक्सुण्डो ताल अनि चारैतिर देखिने हिमालहरुले हामीलाई छुट्टै दुनियाँमा लगेको जस्तो अनुभूति भई रहेको थियो।
फोक्सुण्डो ताल
फोक्सुण्डो ताललाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ। यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो।
नेपालको सबभन्दा गहिरो र ठुलो फोक्सुण्डो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३६११।५ मिटरको उचाइमा अवस्थित छ। तालको लम्वाइ ४।८ कि।मी।, चौडाइ १।६ कि।मी। र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ुवाईु आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।
सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो। सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो।
तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० बर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको विश्वास गरिन्छ।
बिहानको ११स्०० बजेतिर हावा चल्न सुरु भयो। हामीलाई भने फोक्सुनदोको धित मरेको थिएन। तर पनि छोडेर जानु नै पर्ने थियो र हामी तल तिर झर्न लाग्यौं। फोक्सुन्डो तालको नजिकै गएर टेन्ट टाँगेर फोटोरभिडियो कैद गर्दै हामी बास बस्ने होटल तिर लाग्यौं। खाना खाएर फर्किने तयारी सँगै होटलवाला सँग बिदावारी भएर फर्कियौं।
यो यात्रा जिन्दगीको एउटा छुट्टै कथा, अनुभव , बिर्सनै नसकिने अवस्मरीणय यात्रा रह्यो। फोक्सुन्डोको यात्रा साहसिक थियो , अनेकन अनुभव बटुल्यौं र फोक्सुन्डो तालले साच्चिनै मोहनी लगायो। मनभरी यादहरु र क्यामेरामा तस्विरहरु बोकेर फर्कियौं।
यात्रामा सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यबाद।