जय शिव शंकर शम्भो जय गिरिजाधीश ।
शिव जय गिरिजाधीश ।।
जय जय करुणासागर २ पशुपति जगदीश ।
ओम् हर हर हर महादेव ।।
हरेक साँझ सात बजे पशुपतिनाथस्थित बागमती नदीको किनारमा बज्ने आरती गीत हो यो । आरती हेर्न हरेक साँझ यहाँ हजारौँजना भेला हुन्छन् । कहाँबाट आउँछ यत्रो भिड ? किन आरती हेर्नकै लागि घाट धाउँछन् ? आक्कल–झुक्कल त्यहाँ पुग्ने मान्छेको मनमा यस्ता प्रश्न आउन सक्छन् । तर, निरन्तर धाउनेहरूलाई भने आरतीको लत नै लागेको छ ।
हिन्दूहरूको पवित्र तीर्थस्थल आरध्यदेव भगवान पशुपतिनाथको मन्दिर परिसरमा हरेक साँझ आरती हुन्छ । भारतीको हरिद्दार र बनारसका मन्दिरहहरूमा आरती गर्ने चलन पहिलेदेखि चलिआए पनि भगवान पशुपतिनाथको मन्दिरमा २०६४ साउनबाट भक्ति संगीतसहितको आरती हुन थालेको हो ।
साँझ साढे ६ बजेपछि हरेक दिन पशुपतिनाथ मन्दिरको पूर्वी भागमा भक्ति संगीतमय हुने गर्दछ । संगीतसँगै शिवका अनेक स्तुतिका मन्त्रहरूसहितको सङ्गीत र आरतीले साँझमा पशुपतिनाथलाई आकर्षक बनाइरहेको छ।भक्ति सङ्गीतमा झुम्दै नाच्ने भक्तजनहरूले माहोललाई अझ रमाइलो बनाएका हुन्छन् ।
पशुपतिनाथ मन्दिर। काठमाडौंको एउटा कुनामा शताब्दिऔँदेखि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रaकको रूपमा परिचित स्थान। पशुपतिनाथ मन्दिर मात्र हैन, यो एउटा स्टेसन हो, एउटा 'हब'। दुःखी सुख र सुखी अझ सुख खोज्न आउने ठाउँ। पापी चोखिन र धर्मात्मा धर्म बढाँउन आउने ठाउँ। मानौँ यो एउटा यस्तो ठाउँ हो, जहाँ पाप र पुण्यको हिसाब–किताब हुन्छ। कर्म र भाग्य एक आपसमा अन्तिमपटक आमनेसामने हुन्छन्। शरीर छाडेर अञ्जान यात्रामा निस्कनुअघिको अन्तिम स्टेसन– 'अ लास्ट डिपार्चर।' जहाँ आफन्त हात हल्लाइरहेका हुन्छन्, आँसुको सहाराले। कोलाहल नै कोलाहलबीच पनि शान्ति भेटिने यो ठाउँ, एउटा धार्मिक गन्तव्य त हो नै, साथसाथै हो आध्यात्मिक प्लेग्राउन्ड। यो सब नियाल्दै, अस्तु बगाउँदै, कतिका ग्लानि बगाउँदै, कतिका पाप बगाउँदै, कतिका खुसी बगाउँदै सुसाइरहन्छ वागमती। एउटा सुन्दर क्यानभास, जसका रंग अस्तव्यस्त छन्, तर सुन्दर छन्, मिलेका छन्।
एकातिर संसारबाट बिदा भएका व्यक्तिको शरीर दनदनी चितामा बलिरहेको हुन्छ, अर्कोतिर कुनै जोगी, कुनै बाबा संन्यासको उत्कर्षमा महानिर्वाण पाउन खोजिरहेझैँ लाग्छ। प्रेमिल जोडी पनि महादेवलाई साक्षी राख्दै आनन्दको सागरमा डुबिरहेका हुन्छन्। बाँदरहरू न अरुलाई चैनसँग पूजापाठ गर्न दिन्छन् न बस्न। अर्कातिर छन् महादेव– शान्त, ग्ाम्भीर, अटल, अडिग र धैर्यवान। कसैले भनेका थिए, 'महादेव इज अ गुड लिसनर।' उनी कहिल्यै बोल्दैनन्। तर उनीसँग कुरा गर्न आउनेको कुनै कमी छैन। महादेव कसैको मूल्यांकन गर्दैनन्। सांसारिक चस्मा लगाएर हेर्दैनन्। मानिसहरू कुरा सुनिदिने कोही भए खुसी हुन्छन्। महादेव चुपचाप मान्छेका कुरा, मनोकामना सुनिदिन्छन्। त्यसैले उनी मानिसहरुबाट घेरिइरहेका हुन्छन् प्रायः। उनको व्यस्ततालाई अलिअलि भए पनि सघाएका छन्, पशुपतिनाथमा हरेक दिन हुने केही क्रियाकलापले। साँझमा वागमती आरती त्यो सूचीमा सबैभन्दा अघि आउँछ।
हेर्नेुहोस् तस्बिरहरू
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)