बन्दिपुर। नेपाली नयाँ वर्ष अर्थात वैशाख १ गते पर्यटकीय गन्तव्य बन्दीपुरका होटलामा १ रुपैयाँमा कोठा पाइने भएको छ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान श्रेष्ठका अनुसार ‘पहाड की रानी’ उपनामले परिचित बन्दिपुरको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले सो दिन बन्दीपुरको होटलामा पुग्ने पहिलो पाहनुलाई यो सेवा उपल्बध गराउन लागिएको हो।
त्यहाँ पुगेका पाहुनाहरूलाई नयाँ वर्षको दिन जुनसुकै होटलमा पहिले चेक इन गरेमा एक रुपैयाँमै रुम उपलब्ध गराइने उनले बताए। उनकाअनुसार यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नु पर्नेछ।
यस्तै, नयाँ वर्षलाई विशेष बनाउन बन्दीपुरमा विभिन्न कार्यक्रमहरू तयार हुँदैछन्। अध्यक्ष श्रेष्ठकाअनुसार चैत ३०, वैशाख १ र २ गते (बिहीबार, शुक्रबार र शनिबार) बन्दीपुरमा १५ वटाभन्दा बढी कार्यक्रम हुनेछ।
बन्दीपुरका ठाउँ ठाउँमा लाखे नाच, बाघ जात्रा, पुतली ट्रे, बिस्केट यात्रा, चुड्का, घाटु लगायत सांस्कृतिक तथा मौलिक कार्यक्रम राखिएको अध्यक्ष प्रधानले बताए। पाहुनाहरूलाई आकर्षित गर्न होटलहरुले आ–आफ्नो तरिकाले प्याकेजका कार्यक्रम पनि घोषणा गरिरहेका छन्।
बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार छ। साना–ठूला गरी ७७ वटा होटल तथा रेस्टुरेन्ट र १२ वटा होमस्टे छन्। विशेष भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गमाई मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षण हुन्।
त्यस्तै, यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमशृंखला अवलोकन गर्न सकिन्छ।