इलाम। आगामी चैत २६ र २७ गते ‘इलाम साहित्य महोत्सव’ हुने भएको छ।
महोत्सवमा देश विदेशका स्रष्टाहरूका साथै राजनीतिक क्षेत्रका अगुवा, अभियन्ता र कलाकारहरू पनि सहभागी हुनेछन्।
‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ हुन लागेको महोत्सवमा नेपाल र भारतका चर्चित साहित्यकारहरुले अनुभव आदान प्रदान गर्नेछन्।
इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा रंगकर्मीहरुको पनि सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले जानकारी दिए।
इलाम बाहिरबाट महोत्सवमा डेढ सयभन्दा बढी साहित्यकारहरुलाई निमन्त्रणा गरिएको नगर साहित्य कला संगित प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए।
साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रबर्द्धन गर्दै साहित्यलाई देश बिदेशमा चिनाउने उद्देश्यका महोत्सवको आयोजना गर्न लागिएको हो।
महोत्सवमा नेपालका विभिन्न जिल्ला भारतको झारखण्ड, दार्जिलिङ, कोलकाता, सिक्किम, सिलिगुडीबाट अग्रज साहित्यकारहरु आउने इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए।
महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरु उपेन्द्र सुब्बा, बिजय बराल र करिश्मा मानन्धरको पनि उपस्थिति रहनेछ।
महोत्सव अवसरमा विभिन्न विषयसँग सम्बन्धित फरक फरक शीर्षकमा अन्तरक्रिया गरिनेछ।
‘अंक, अर्थ र अध्यात्म’ शीर्षकमा हुने कार्यक्रमका प्रमुख वक्ता विश्व पौडेल रहनेछन्। अतिथिका रुपमा सांसद महेश बस्नेत, इलाम गरपालिकाका मेयर केदार थापा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहनेछन्।
यसैगरी ‘कवितामा स्थानीय चेत’ शीर्षकमा हुने कार्यक्रममा सर्जकहरु तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन हुनेछन्। यो कार्यक्रमलाई राजु स्याङ्तानले सहजीकरण गर्नेछन्।
‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकको कार्यक्रममा बन्दना टेटे, अश्विनीकुमार पंकज (झारखण्ड, भारत) मुख्य वक्ताका रुपमा सहभागी हुनेछन्। यो कार्यक्रमलाई राजा पुनियानीले सहजीकरण गर्नेछन्।
यस्तै, ‘महाभारादेखि टिष्टासम्म’ शीर्षकमा हुने अर्को कार्यक्रमलाई शकुन्तला जोशीले सहजीकरण गर्नेछिन्। यो कार्यक्रमका वक्ताहरुमा छुदेन काविमो र वसन्त बस्नेत रहनेछन्।
‘कस्तो सिनेमारु’ शीर्षकमा हुने कार्यक्रमका वक्ताहरु उपेन्द्र सुब्बा, विजय बराल र केकी अधिकारी हुनेछन्। यो कार्यक्रमलाई अन्वेश थुलुङले सहजीकरण गर्नेछन्।
यसैगरी ‘लेखनः सहज कि सार्थकरु’ विषयमा हुने कार्यक्रमका वक्ताका रुपमा युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालको सहभागिता हुनेछ। यो छलफलको सहजीकरण विमाल वैद्यले गर्नेछन्।
‘समावेशी लेखन’ विषयमा हुने अर्को कार्यक्रमका वक्ताहरुमा डा। ज्ञानेन्द्र यक्सो, धर्मेन्द्र नेम्वाङ र मिश्र वैजयन्ती रहनेछन्। जसलाई बालिका थपलियाले सहजीकरण गर्नेछिन्।
यस्तै, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ विषयको छलफलमा कल्पना महर्जन, कृष्ण साह र सोनाम टासी लामा वक्ताका रुपमा सहभागी हुनेछन्।
‘नारी, पर्या–साहित्य र सत्ता’ विषयको छलफलमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा यल्मू अतिथिका रुपमा सहभागी हुनेछन् भने निमेश निखिलले सहजीकरण गर्नेछन्।
यसैगरी ‘मातृभाषा साहितयमा शिल्प चेतना’ विषयक छलफलमा मधुराज केरुङ र संजोग लाफा मगर वक्ताका रुपमा सहभागी हुनेछन्।
अर्को छलफल कार्यक्रम ‘कोशी प्रदेश कहिले बन्छ एक नम्बर प्रदेशरु’ शीर्षकको हुनेछ। यसमा गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुषाल र वसन्त बस्नेत सहभागी हुनेछन्।
यसै अवसरमा चर्चित सर्जक कुमार नगरकोटीको ‘विशेष कविता वाचन’ पनि हुने आयोजकले जनाएको छ।
महोत्सवको अर्को आकर्षणका रुपमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणबारे चेतनामूलक चित्रकला कार्यशाला र प्रदर्शनी पनि हुनेछ। रेडपाण्डा नेटवर्कको समेत सहयोगमा सञ्चालन हुने महोत्सवका अवसरमा गौतमबुद्ध सभागृह परिसरमा चित्रकला कार्यशाला हुनेछ।
कार्यशालामा काठमाडौंबाट ५ जना व्यावसायिक चित्रकारहरुको सहभागिता हुनेछ भने स्थानीय ५ जना कलाकार पनि सहभागी हुनेछन्। त्यसक्रममा रेडपाण्डासम्बन्धी चित्रहरु सिर्जना गरेर प्रदर्शन गरिने जनाइएको छ।