काठमाडौं। एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औं सम्मेलन काठमाडौंमा आयोजना गरिने भएको छ।
शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनका विषयमा जानकारी दिइएको हो।
पाँच दिनसम्म सञ्चालन हुने उक्त सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागि हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।
सोमबार फागुन २९ गते उक्त सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने समेत बताइएको छ।
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न अनुसन्धान र सहकार्य गर्दै आएको एपान एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थहरुको सहकार्यमा स्थापित संस्था हो।
एपानले विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक संस्थाहरुको संयोजन तथा विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, र विभिन्न विश्वविद्यालय हरुसंगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तराष्ट्रिय सम्मेलन यस क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ।
आगामी फाल्गुन २९ देखि चैत्र ०३ सम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने र सम्मेलन अवधिभर ५५ वटा भन्दाबढी सेसनहरु सन्चालन हुनेछन्।
पाँचदिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने र १सय ७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचनाप्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रहेर प्रस्तुती दिनेछन्।
२५ देशका १ सय ८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचनाप्रविधिसँग सम्बन्धित संस्थाहरुवाट १ सय ५० गरि ३ सय ३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागि हुने साथै २सय न्दा बढी व्यतिहरु अनलाइनका माध्यमवाट पाँचदिनसम्म सञ्चालन हुने एपानको ५५ औं सम्मेलन सहभागि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्मेलनको आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धित संस्थाहरुको सहयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसंगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) ले गर्ने जनाईएको छ।