काठमाडौं। गीतकार सागर उदासका दुई कृति “सागर सुसेली“ र “फैलिन्छ कि माया” सार्वजानिक भएका छन ।
राजधानीमा एक कार्यक्रममार्फत शनिबार उनका कृतिहरु एकसाथ विमोचन भएका गरिएको हो ।
गीति सङ्ग्रह “सागर सुसेली” मा १ सय भन्दा बढी श्रुजनाहरु छन् । कृतिको सम्पूर्ण तयारी ४ अघिनै सकिए पनि कोभिड र विविध कारणले ढिलाइ भएको गितकार सागर उदासले बताए।
अर्को कृति “फैलिन्छ कि माया“ मा १ सय २३ वटा श्रृजनाहरु छन। कृतिमा मन–मुटु, माया–प्रेम, राष्ट्र– प्रेम र कोभिड्का पीडाहरु झल्किएका गीतकार उदासले जानकारी दिए ।
बिमाेचन कार्यक्रममा बाेल्दै सञ्चारकर्मी तथा कवि रमेश पौडेलले गितकार उदासको नेपाली गित संगीतमा योगदान अत्यन्तै ठूलो रहेको जिकिर गरे ।
विमोचन समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवंम गजलकार श्रवण मुकारूङ्गले जिवनको करिव ४ दशक गित श्रृजनामा बिताएका सर्जक सागर उदासको खुलेर प्रसंशा गरेका थिए। उनको श्रृजनाले नेपालको साहित्य क्षेत्रमा ठुलो टेवा पुगेको समेत उनले बताए।
गीतकार रमेश पौडेलको दुवै कृतिका सम्पादन र संयोजन गरेका हुन । विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ललिजन रावल, वसन्त वित्यासी थापा अध्यक्ष गितकार संघ नेपाल, बिबि अनुरागी वरिष्ठ संगितकार, रजन राज शिवाकोटी चर्चित गायक, तारा प्रसाद वस्ती सहित्याकार, कन्सेप्ट नेपालका संयोजक पवन शाक्य लगायतले सागर उदासको गिति संग्रहको चर्चा गरेका थिए ।
तनहुँको सदरमुकाम दमौली बजारमा बसोबास गर्दै आएका उदास गीतकार र सफल व्यवसायी हुन्। उनको दर्जनौं गीत रेकर्ड भैसकेका छन । उनको गितहरु राष्ट्रप्रेम, मायाप्रिति र देशभक्ति झल्कने गर्छ।
सरल भाषामा गाउँघरका सुवास झल्किने मायाप्रेम र विकृति विसंगति विरुद्धका गीत, कविता र मुक्तक लेख्दै आएका छन । उनको गितले नयाँ पुस्तालाई देशमै बस्न र सृजनात्मक बनाउन ऊर्जा भर्ने काम गर्ने जानकारहरु बताउँछन् ।
सामाजिक कामहरूमा समेत संलग्न रहेका उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत हुन्। उनि आफ्नो व्यवसायिक कर्मसँगै उनि साहित्य, पर्यटन प्रवर्दधनमा समेत पनि उत्तिकै क्रियाशिल छन ।
सानै उमेरदेखि रेडियो नेपाल निरन्तर सुनेर गित संगितमा अभिरुची वढेको उनि सुनाउँछन । विसं २०५० मा रेकर्ड भएका उनका पहिलो गित आइसिं लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो।
सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गिती एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गरेका थिए।