हरेक २ बर्षमा चितवनका सम्पुर्ण किसिमका व्यवसायीलाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ चितवनले आफ्नै आयोजनामा चितवन महोत्सव गर्ने गर्दछ। कोरोनाका कारण प्रत्येक दुई÷दुई बर्षमा नारायणी किनारमा हुने चितवन महोत्सव यो वर्ष पुस २५ गतेदेखि माघ ४ गतेसम्म आयोजना हुन गइरहेको छ ।
कोरोना जोखिमलाई मध्यनजर गर्दै थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । यस वर्ष महोत्सवमा ३५० स्टल रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी स्टल हुने गर्दथे ।कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले स्टल सङ्ख्या घटाइएको छ ।
महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनका कक्ष पनि रहनेछन। महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् । ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्याउने लक्ष्य लिईएको उधोग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए ।
आन्तरिक तथा बाह्य पर्यटक सहित करिव ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै १० दिन अवधिभर करिव २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान समेत गरिएको छ । यसपटक ज्येष्ठ नागरिक, एकल महिला, अपाङता भएका व्यक्ति र सहिदका परिवारलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।
कहिले बाट सुरु भयो चितवन महोत्सब ?
विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो । हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो । २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोरानाले गर्दा रोकिएको थियो । चितवनमा भएका साना तथा ठुला ब्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले यस महोत्सबको सुरुवात गरिएको थियो ।