किमाथाङ्का। सङ्खुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन शनिबारदेखि सुरु भएको छ। प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन सुरु भएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समितको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो। सम्मेलनको उद्घाटन एक सय पाँच वर्षीय बौद्ध धर्मगुरु मानवीर पैजो ९दारी लामा० को प्रमुख आतिथ्यतामा भएको छ।
सम्मेलनको उद्घाटनको पहिलो दिन सबै जातजातिको झाँकी, ¥यालीसहितको सबै जातजातिको कला–संस्कृति प्रदर्शन गरिएको छ। सङ्खुवासभामा बौद्ध दर्शनका बारेमा अनुसन्धान केन्द्र खोल्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका प्रोफेसर, विज्ञ, प्राध्यापक, डाक्टर, बौद्धभिक्षु र त्यसका अनुयायी सहभागी छन्। दोस्रो दिन विज्ञका कार्यपत्र प्रस्तुत, भिक्षुको प्रवचन, बौद्ध दर्शनका बारेमा छलफल र अन्तक्र्रिया हुनेछ। तेस्रो दिन कार्यपत्र र कार्यक्रमको निष्कर्ष रहने बताइएको छ।
सम्मेलनको दोस्रो दिन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा १५ बौद्ध विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन्। उक्त कार्यपत्रमाथि सोही दिन छलफल हुनेछ। सङ्खुवासभामा प्रदेशस्तरीय अनुसन्धान केन्द्र तथा बौद्ध सङ्ग्रहालय स्थापना भए जिल्लालाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक अध्ययन केन्द्रका रूपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको विज्ञ डा मात्रिका तिम्सिनाले बताए।
जिल्लालाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न समेत टेवा पुग्ने उनको दाबी छ। कार्यक्रममा लुम्बिनी विश्वविद्यालका उपकुलपति तिलक आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका डिन अनिल पोखरेललगायतको उपस्थिति छ।रासस